काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छन् ।
सोह्रोँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना सन्देश दिँदै उनले पर्वतारोहणमा प्रविधिको बढ्दो उपयोगका कारण सगरमाथा आरोहण सुरुआती साहसिक पर्यटनका तुलनामा लोकप्रिय हुँदै गएको र विश्वभरिबाट आरोहीको सङ्ख्यासमेत बढ्दै जाँदा सगरमाथामा मानवीय दबाब थपिँदै गएको अनुभव भएको उल्लेख गरेको छन् ।
प्राकृतिप्रदत्त अमूल्य सम्पदाका रूपमा रहेको सगरमाथासँगै हिमालको स्वच्छता कायम राखी प्रकृति र वातावरण संरक्षणमा विश्वसमुदायसँग मिलेर काम गर्न दिवसले हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।
विश्वको तेस्रो मानिने हिमाली क्षेत्रमा आज जलवायु परिवर्तनको प्रत्यक्ष असर देखा परिरहेको छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिउँ पग्लिनेक्रम बढ्न गई हिमाल ‘काला पत्थर’मा परिणत हुँदै गरेको, हिमताल विस्फोटको जोखिम बढेको, वर्षात्को प्रवृत्तिमा परिवर्तन भई अनावृष्टि, अतिवृष्टिका साथै बाढी र पहिरालगायतका प्राकृतिक विपद्को सामना गर्नु परिरहेको उनको सन्देशमा जनाइएको छ ।
संसारकै सबभन्दा अग्लो शिखर सगरमाथाको पहिलो आरोहण एक ऐतिहासिक घटना भएको र त्यसले नेपाललाई ‘सगरमाथाको देश’का रूपमा विश्वभर ख्याति तथा पहिचान दिलाएको उल्लेख गर्दै उनले त्यसयता पर्वतारोहणमा रुचि राख्ने संसारभरिका साहसी पर्यटकका लागि सगरमाथा सपनाको गन्तव्य बनेको र देशको पर्यटन उद्योगको प्रवद्र्धन तथा विकासमा उल्लेखनीय योगदान पुगेको बताएको छन् ।
पूर्वराष्ट्रपति भण्डारीले सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङल्हामु शेर्पाको स्मरण गर्दै हालसालै सगरमाथा आरोहण गरी विभिन्न ढङ्गले कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, हरिबहादुर बुढामगरलगायत सम्पूर्ण सगरमाथा आरोहीमा शुभकामना दिएको छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रथम मानव पाइला टेकिएको ७० वर्ष पुगेको छ । नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथा आरोहण गरेको दिनको स्मृतिमा विसं २०६४ देखि जेठ १५ (२९) मे लाई ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’का रूपमा मनाउने परम्परा स्थापित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: