Ntc summer Offer
Khabar Dabali १० श्रावण २०८१ बिहीबार | 25th July, 2024 Thu
NIMB

‘कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?’

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी गरेका छन् ।

उनले यसपालिको बजेटमा पनि दीप स्थाने दीपम् पिण्ड स्थाने पिण्डम् भन्याजस्तो परम्परालाई निरन्तरता दिएको बताए। 

उनले भने, अर्थतन्त्रमा अलिकति संकट आएको भन्ने अनुभूति दिन साधारण खर्च घटाउने प्रयास गरेको छ । तर यसो गर्दा साधारण खर्चमा कति असर गर्छ भन्ने आएको छैन । प्रधानमन्त्री, मन्त्री र सांसदले १० प्रतिशत तलब कम लिन्छु भनेको भए सिम्बोलिक म्यासेज जान्थ्यो । त्यस्तो केही पनि छैन । कर्मचारीलाई भत्ता नदिने, आफू मात्र लिने ?’

अर्थतन्त्र संकटमा भएको बेला सांसद विकास कोष ब्युँताउनु दुःखद भएको पनि औंल्याए । 

उनले थपे, ‘यो बजेट कस्मेटिक खालको देखियो । एकातिर खर्च घटाउने भनिएको छ, अर्कातिर सांसद विकास कोष ब्युँताइएको छ । संसद विकास कोष भनेको राजनीतिक कार्यक्रममा खर्च गर्ने पैसा हो । राजस्व आम्दानीलाई गति दिनुपरेको परिप्रेक्ष्यमा एक वर्षका लागि त्यो कोष रोकेको भए सरकार संकट समाधानमा लागेको सन्देश जान्थ्यो ।’

विश्व आर्थिक मन्दीका कारण नभई मुलुकमा आन्तरिक कारण आर्थिक संकट आएको डा। लोहनीले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।...

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन्। लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने...

चितुवाको डरले घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी

कैलाली । टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्। केही...

नेकपा एसलाई पदाधिकारी र केन्द्रीय कमिटी छान्न अझै सकस, बोलायो बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।  साउन १० गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्...

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्ब...

नेपालको स्तरोन्नतिका लागि इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इ...

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि तर्सिन्छन्

कञ्चनपुर । वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएकी छिन् । असार २३ गते राति...

एसिया कप- भारतसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा युएईलाई पराजित गरे पनि...

यी हुन् लुम्बिनीमा मुख्यमन्त्री आचार्यसँगै शपथ लिने मन्त्री (सूचीसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिँदैछन्। कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा गरेर मन्त्रीहरूको समेत ...

बागमतीका मुख्यमन्त्री लामाको आज शपथ, सरकारले आजै पूर्णता पाउने

काठमाडौं । बागमतीमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्।  नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy