Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

नेपाली क्रिकेट टोली लाग्यो दक्षिण अफ्रिकातर्फ, सन्दिपले दिए फेशबुकबाट शुभकामना

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेको छ। 

मुख्य प्रशिक्षक मोन्टी देशाइ र नेपाली टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेबिनै नेपाली टोली गएराति दक्षिण अफ्रिका गएको छ। 

बलात्कारको आरोप लागेका सन्दीप अदालतको अन्तिम फैसलाको प्रतिक्षामा छन्। उनको अन्तिम फैसला नआएसम्म क्यानले विदेश भ्रमणमा नपठाउन जनाएको छ। 

क्यानका क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको एक हप्तापछि पेशी भएको हुँनाले आउने जाने गाह्रो हुने भन्दै नपठाउने निर्णय गरेको बताए। पेशीमा सन्दीप आफै उपस्थित हुनुपर्नेछ।

मुख्य प्रशिक्षक मोन्टी अमेरिका गएका थिए। तर भिसा नलागेपछि  त्यतैबाट भारत गएका छन्।  त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन्।  

पाठकका अनुसार मोन्टीको अमेरिकाबाट भिसा रिजेक्ट भएका कारण उनी टोलीमा सहभागी नहुने भएका हुन्।  नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग चार अभ्यास खेल खेल्नेछ।  त्यसपछि नेपाली टोली त्यहाँबाट जेठ २८ गते जिम्बाबे जानेछ। 

आगामी असार ३ गतेदेखि जिम्बाब्वेमा दश राष्ट्र सहभागी विश्वकप छनोट खेलका लागि नेपाली टोली जिम्बाबे जाने भएको हो। नेपालले पहिलो खेल आयोजक जिम्बाबेसँग असार ३ मा हरारे स्पोट्स क्लबमा खेल्नेछ।

नेपालले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ। विश्व क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपाल सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ।  

यस्तै घरेलु मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपका लागि पनि छनोट भएको हो। नेपाल रहेको समूह–ए मा जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्डस् छन्। समूह–बी मा आयरल्यान्ड, श्रीलङका, युएई, ओमान र स्कटल्यान्ड छन्।

समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन्। आफू जान नपाएपछि सन्दिपले फेशबुकबाटै शुभकामना दिएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending