बागमती । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १:०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आवको नीति तथा कार्यक्रम पेस गरेको थिए । सो बैठकमा पेस भएको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेको थिए । प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले संसद्मा टेबुल गरेको थिए ।
प्रदेशसभा बैठक बस्नुअघि बिहान ११:०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रमुख सचिव खड्काले बताए । उनका अनुसार सो कार्यव्यवस्था बैठकले सदनको कार्यसूची निर्माण गर्नेछ ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८० - १२:०१
काठमाडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले अनसन थालेकी छ...
आश्विन १७ गते, २०८० - ११:४६
रसुवा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन यहाँका जनप्र...
आश्विन १७ गते, २०८० - ११:३६
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् । ...
आश्विन १७ गते, २०८० - ११:२६
कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको...
आश्विन १७ गते, २०८० - ११:०१
मलेखु । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्ज...
आश्विन १७ गते, २०८० - १०:४८
काठमाडौँ । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न...
आश्विन १७ गते, २०८० - १०:३९
काठमाडौँ । जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्...
आश्विन १६ गते, २०८० - १७:४२
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ ऐतिहासिक दिन भएको बताएका छन् । मंग...
आश्विन १६ गते, २०८० - १७:२०
धनगढी । बझाङमा गएको भूकम्पका कारण दुई जना घाइते भएका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक...
आश्विन १६ गते, २०८० - १७:००
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा गरेको छ प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले जनाएको छ । सरुवा गरिएक...
प्रतिकृया लेख्नुहोस्: