काठमाडौं । तेस्रो सिजन चलिरहेको ‘मुन्द्रेको कमेडीक्लब’ सुरुवाती दिन अलि संर्घषले चलिरहेको थियो । तर पछिल्लो समयको श्रृङ्खलाहरु सुधारिएसँगै सुरुवाती दिनमा खस्किएको शो अहिले विस्तारै माथि उठिरहेको र र्चचामा अउन थालेको छ ।
यस शोे ले युट्युबमा भ्यूज औषत रुपमा पाई रहेको छ र बिस्तारै बढ्ढै गइरहेको पनि देखिन्छ । पछिल्लो हप्ता अतिथिका रुपमा नेपालकोे महानायक राजेश हमाललाई बोल्लाइएको थियो उक्त शो दर्शकहरुले निकै रुचाएको थियो । शोमा माहानायक राजेश हमाललाई निकै सम्मान रुपामा हँसाई रहेका थिए र कुनै प्रकारको रोष्ट हानिएको थिएन्, बरु शो मा एकअर्कालाई रोष्ट गरि दर्शक र महानायक राजेश हमाल दुबैलाई हँसाइ रहेको थिए ।
तर, आजभोलि भ्युज र ट्रेन्डिङको नाममा उपस्थिलाई नै नराम्रोसँग गिज्याउने, उनीहरुको मजाक बनाएर आफ हिट र ट्रेन्डिङमा ल्याउने प्रचलन बढेको दखिन्छ । रोष्टको नाममा कलाकाहरुप्रति दर्शको धारणा नै नकारात्मक बनाउन केही शोहरु अगाडि बढेको देखिरहेको छ । त्यसैले केहि कलाकारहरुले नकारात्मक सोच फैलाउछन भनेर कमेडी शोहरुमा जान अस्विकार गर्दै आइरहेका छन भन्ने जानकारी प्राप्त भएको छ ।
तर, जितु नेपालले संचालन गरेको ‘मुन्द्रेको कमेडीक्लब’ मा पुग्ने हरेक कालाकारलाइ उच्च सम्मान दिइएको पाइन्छ । फिल्मको प्रचारका लागि जाने होस वा मुख्य अतिथी बनेर पुग्ने कलाकारहरुलाइ शोमा कुनै प्रकारको रोष्ट गरिदैन । उल्टै शोमा एकअर्कालाइ रोष्ट हनेर अतिथि र दर्शक दुबैलाई हँसाउदै आइरहेको छ । जितुु नेपालले अतिथिहरुलाई सरसम्मान दिएर शो संचालन गर्दै आइरहेका छन् । पछिल्लो प्रशारित भागमा पुगेका महानायक राजेश हमालले शोमा खुलेरै रमाइलो गरे र शोलाई आउदो अज राम्रो गर्ने हौस्ला र शुभकामना दिएका छन् ।
यस शोमा सहभागी अन्य हाँस्य कलाकारहरुले पनि अतिथिहरुलाई असर पर्ने गरी व्याङ् गरेको पाइदैन । नेपालक अधिकांश रियालिटी शोहरु भारतको ‘कपिल शर्मा शो ’ बाट प्रभावित छन् । कपिलको शोमा पुग्ने अतिथि कलाकारको कहिले पनि माजाक बनाएको पाइदैन । बरु, उनीह आफैआफै एक अर्काको रोष्ट गर्छन । कालाकारहरुलाइ भने उच्च सम्मान दिने गरेको शोमा देख्न सकिन्छ । नपालमा भन्ने ‘मुन्द्रेको कमेडीक्लब’ शो अगाडि देखिएको छ । भारतमा ‘कपिल शर्मा शो ’ ले दर्शकलाई पेट मिचिमिचि हसाँएको छ र नेपालमा ‘मुन्द्रेको कमेडीक्लब’ ले दर्शकलाई हँसाई मन जित्न सफल भएको छ ।
प्रतिकृया लेख्नुहोस्: