काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् ।
पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।
प्रमुख सचेतक गिरीले करका दरहरु परिवर्तन गर्ने कार्यमा त्यस्ता व्यक्तिहरुलाई राखेर व्यापारिक घरानालाई लाभ हुने गरी काम भएको पाइएकाले सदनमा अर्थमन्त्रीले यसमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे । उनले करका दर परिवर्तन हुने सूचना चुहाएर रातारात ठूलो सङ्ख्यामा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाल ल्याइएको आरोप लगाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले गत वर्षको बजेट निर्माणका समयमा यस्तै घटना भएपछि तत्कालीन अर्थमन्त्रीले राजीनामा दिएको सन्दर्भमा उल्लेख गर्दै नीतिगत भ्रष्टाचारको डरलाग्दो जालो तोड्नुपर्ने बताए।
उनले अपारदर्शीरुपमा करका दर परिवर्तन गरिएको हो कि होइन रु भन्ने विषयमा स्पष्ट जवाफ दिन माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विधि र प्रक्रिया मिलाएर भ्रष्टाचार गरिएको सुनिएकाले जेठ १४ गते राति आर्थिक विधेयकलाई अन्तिम रुप दिने कार्यमा अर्थ मन्त्रालयमा असम्बन्धित व्यक्ति समावेश भएको हो कि होइन भन्ने प्रश्न गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८० - १७:३९
गण्डकी । पोखरा पन्क्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन्। समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र ...
आश्विन ४ गते, २०८० - १७:३०
खोटाङ । कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएक...
आश्विन ४ गते, २०८० - १७:१०
काठमाडौँ । सरकारले हिजोबाट अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । आन्...
आश्विन ४ गते, २०८० - १६:३७
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्...
आश्विन ४ गते, २०८० - १६:३२
काठमाडौँ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई न...
आश्विन ४ गते, २०८० - १६:२४
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउन...
आश्विन ४ गते, २०८० - १५:५४
गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन...
आश्विन ४ गते, २०८० - १५:४२
जेनेभा । आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प...
आश्विन ४ गते, २०८० - १५:२२
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताएका छन् । आन्तरिक मामिला तथा कानुनमन्...
आश्विन ४ गते, २०८० - १५:१२
काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुको सडक आन्दोलनका कारण बन्द भएका छन् । बन्द भएको विद्यालयमा ...
प्रतिकृया लेख्नुहोस्: