काठमाडौं । स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ।
महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्टलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे। उनले पछिल्लो समय चलचित्रकर्मीद्वारा बजेट विनियोजनबारे राखेको गुनासोको सुनवाई गर्ने बताए।
“म तपाईहरुकै सेवक हुँ। त्यसैले आफ्नो समस्या निर्धक्कसँग मलाई भन्नुस्, खबरदारी गर्नुस्”, उनले भने, “हामी भिन्न क्षेत्रमा रहे पनि उद्देश्य एउटै छ। देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी एकभएर काम गरौँ।”
महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत (प्रकाश), अभिनेतामा प्रदीप खड्का (प्रकाश), अभिनेत्रीमा नम्रता सापकोटा (डेसान) र लेखनमा विकाश सुवेदी (प्रकाश)ले अवार्ड जिते।
यस्तै, छोटो चलचित्रतर्फ तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला (किड्न्याप), लेखकमा सिर्जना कार्की (दुखी बुहारी) र छायाँकारमा ज्ञानेन्द्र खतिवडा (अहम प्रेम)ले अवार्ड जिते। नेपाल भाषाको चलचित्रतर्फ निर्देशकमा दर्शनवीर शाक्य (इन्द्रायणी)ले अवार्ड जिते।
समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन (आयरल्याण्ड), उत्कृष्ट चलचित्र द रोड (भारत), उत्कृष्ट कथा फोर्स (इरान), उत्कृष्ट छायाँकार ‘द लाइट बल्व’ (भेनेजुएला) र उत्कृष्ट निर्देशक ‘फिडलस्ट्रिक’ (इजिप्ट) का एजिडिन एफडेल हेडीलाई घोषणा गरियो। महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताए।
“तेस्रो संस्करणसम्म आइपुग्दा बृहत्रुपमा कार्यक्रम सम्पन्न भयो। स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन्। चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरेको छ”, उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: