Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

जनताको दिनचर्यालाई सम्बोधन गर्न सके बजेट सफल : लामिछाने

खबरडबली संवाददाता

काठमाडौ । सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गरेको छन् ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले बजेटमा राजस्वको आधार निर्धारणमा हेलचेक्र्याइँ गरिएको टिप्पणी गरे ।

उनले आफूहरुले उठाएका विषयकामा अर्थमन्त्रीसँग विश्वासिलो र भरपर्दो जवाफ माग गर्दै आफूहरु रचनात्मक र सिर्जनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे।

विकास बजेट विनियोजनामा ठूला र प्रभावशाली नेता तथा मन्त्रीका निर्वाचन क्षेत्रमा परम्परागत प्रवृत्ति देखिएको आशङ्का व्यक्त गर्दै उहाँले स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

सञ्चारमाध्यममा आएका विषयकै कारण संसद् अवरोध गर्न नहुने भन्दै त्यसको तथ्य जाँच गरेर स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । खर्च कटौतीका नामका कतिपय संस्थाको महत्वलाई नजरअन्दाज गर्न नहुने उनले सुझाव दिए । सभापति लामिछानेले नागरिकताका सन्दर्भमा आफ्नो पार्टी कुनै पनि समुदायप्रति पक्षपाती नभएकोसमेत स्पष्ट पारे ।

सांसद रवि लामिछानेले नागरिक विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समूदायको विरुद्ध छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको भन्दै आपत्ति प्रकट गरे । 

उनले राजनीतिसँग कुनै सरोकार नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितका समस्याका विषयमा आवाजविहीनहरुको आवाज बनेको बताए । 

लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा समेत थाहा भएको भन्दै नेपाली नागरिक र एकल आमाका सन्तानको अधिकार सुनिश्चित हुनुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नुहाउने क्रममा सेती नदीमा एक जना बेपत्ता

डोटी। सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबह...

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङ प्रदेशसभा 'क'मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी...

भक्तपुरमा ६१ वर्षीय वृद्धद्वारा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर। भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्।  भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्...

सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

सिरहा। सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीक...

बझाङमा एमालेका भण्डारी मतान्तर बढाउँदै

बझाङ। बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन्। १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन्। नेपाली कांग्...

भोजपुरको पारकुवामा जिप दुर्घटनाः एक जनाको मृत्यु

भोजपुर। भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को...

इलाम उपनिर्वाचन: माङ्सेबुङ–५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य ...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै

काठमाडौँ । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् ।  बिहानदेखि फरकफरक चारवटा सभाहलमा स...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमाडौँ । यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी साझेदारी ९पिपिपी० प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड ...

धनुषामा एक जना पुरुषको शव फेला

काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies