Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

दुई जलविद्युत आयोजना प्रचण्डले कौडीको भाउमा भारतलाई बुझाए : ओली

देशहितको पक्षमा चुइक्क बोल्न पनि नसकेको ओली आरोप

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको बताएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा व्यापार गर्ने समझदारी भएको थियो । जस अनुसार १० वर्षमा १० हजार मेगावाट विजुली भारतले खरिद गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका थिए ।उक्त सम्झौताप्रति टिप्पणी गर्दै ओलीले भने, ‘दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । ‘४८० मेगावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले त किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो, प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ?’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइक्क बोल्न पनि नसकेको ओलीले बताए । यो सरकारले उपत्पादन वृद्धि दर बढाउन नसकेको र यसको कारण कोरोना र युक्रेन युद्धलाई दिने गरेको भन्दै उनले प्रश्न गरेका हुन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय समितिमा बालेन शाहको चर्चा, रवि लामिछानेमाथि प्रश्न

काठमाडौं। सांसदहरूले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे कामकाे प्रशंसा गरेका छन्।  स्थानीय सकारकाे कामकाे प्रशंसा गर्दै संघ सरकारले किन ...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय...

भन्सार बिभागमा आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी...

गृहमन्त्री लामिछाने र मलेसियाका गृहमन्त्रीबिच ‘जीबी राई’ बारे फोनवार्ता

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ ।  मलेसियाका गृहमन्त्री इस्म...

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ  आज ३१६ कम्पनि...

हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको

काठमाडौँ । आजै काठमाडौँ आइपुगेकी जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।  विदेशमन्त्री योकोले विश्व सम्प...

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

बाँके । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।  चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात ...

बागमतीमा एकै दिन तीन वटा शव फेला

हेटौंडा । बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल...

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies