Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, नागरिक लगानी कोष शीर्ष स्थानमा

खबरडबली संवाददाता

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ । 

कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख २८ हजार दुई सय ५५ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ मूल्यमा कारोबार भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार छ सय ९१ बराबर पुगेको छ । 

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु एघार  करोड ४७ लाख २४ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट रु १० करोड ८७ लाख ७५ हजार पाँच सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १० करोड ६८ लाख ५० हजार छ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र आठ करोड १२ लाख ६४ हजार नौ सय ५४ र नेपाल पुनरबीमा कम्पनी रु सात करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ । गुह्यश्वरी मर्चेण्ट बैंक आठ दशमलव ७०, रिलायन्स फाइनान्स आठ दशमलब ३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले आठ दशमलब ३१ प्रतिशतले कमाएका छन् । 

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलब ८३, मेगा म्युचुअल फण्ड पहिलो दुई दशमलब ५३, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ५१, एनआइसी एशिया सेलेक्ट फण्ड दुई दशमलब ४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले एक दशमलब ९४ प्रतिशतले गुमाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्या...

विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द

उर्लाबारी। विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्तीमा पनि डोजर

काठमाडौँ। काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका...

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending