Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

सगरमाथा आरोहण : ठूला विपत्तिमा १७ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो  त्यसैगरी केही दु:खद घटनाको पनि सामना गर्नुपर्‍यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपत्तिमा नै १७ जनाको मृत्युभयो । 

पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भयो । 

नेपाल, भारत, चीन, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हङ्गेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो । यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले पनि धेरै सङ्ख्यामा आरोहीको मृत्यु भएको २८ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताए । “यसपाली चिसो बढी थियो, मौसमले पनि साथ दिएन, कतिपय दक्ष र अनुभवी गाइड पर्याप्त नभएकाले पनि मृत्यु बढेको हुनसक्छ”, उनेले भने ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार प्रतिकूल मौसमका कारण यो वर्ष धेरै सङ्ख्यामा आरोहीको दु:खद मृत्यु भएको छ । “यो पटक मौसमकै कारण धेरै आरोहीको मृत्यु भएको हो, मौसम सफा भयो भनेर आरोही अघि बढे बिचमा मौसम छिटोछिटो परिवर्तन भयो । यसपटक मौसम प्रतिकूलताका कारण नै धेरैको मृत्यु भएको छ”, उनले भने । 

यस याममा आरोहीको सङ्ख्या बढी भएको भनी प्रचारमा आएको विषय सत्य नरहेको भन्दै निर्देशक खतिवडाले मौसमले साथ नदिएकाले आरोहीको भिड बढेको उल्लेख गरे । उनले भने,“विदेशी सञ्चार माध्यमले आलोचना गरिरहेका छन् धेरै आरोहीलाई अनुमति दिइयो भनेर तर हामी ९पर्यटन विभाग० त्यसलाई स्वीकार गर्दैनौँ ।”

निर्देशक खतिवडाले ३० दिनका लागि कूल चार सय ७८ आरोहीलाई आरोहण अनुमति दिइएको र औसतमा दैनिक १६ जनाको आरोहण हुने अनुमानसहित आरोहण अनुमति दिइएकाले आरोहीको सङ्ख्या बढी भनेर आलोचना गर्नुको तुक नरहेको बताए । चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरुले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले  जानकारी दिए ।

धेरै सङ्ख्यामा आरोहीलाई अनुमति दिइएकाले सगरमाथामा मृत्यु पनि बढेको र आरोहीको जाम लागेको भन्ने विदेशी सञ्चारमाध्यमका कुरा सत्य नभएको बरु प्रतिकुल मौमसका कारण केही दिन आरोहीहरुले  एकै समयमा बढी भिडभाड गरेकाले  धेरै सङ्ख्यामा मानवीय क्षति भएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको भनाइ थियो । 

उनले भने,“यस यामको सगरमाथा आरोहणमा मौसमका कारणले धेरै मृत्युदर बढेको देखिन्छ । कुनै आकस्मिक र ठूलो विपद् त हैन मौसमकै कारणले धेरै मानवीय क्षति भयो ।” 

विभागका अनुसार सामान्यतय: अप्रिल अन्तिमसम्म ‘रोप फिक्सिङ’को काम सकिन्छ । मे महिनाभरी आरोहण चल्छ । यो सङ्ख्या सगरमाथामा भएका ठूला विपद्पछिको सबैभन्दा धेरै हो । यसअघि सन् २०१५ ९विस २०७२ वैशाख १२ गते० आएको गोरखा महाभूकम्पका कारण १९ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो । मौसम प्रतिकूलताका साथै हाईअल्टिच्यूटका कारण पनि यो वर्ष धेरै आरोहीको मृत्यु भएको इमाजिन नेपालका कार्यकारी निर्देशक दाबा ग्याल्जेन शेर्पाले बताए ।

कुन मितिमा कुन–कुन देशका आरोहीको मृत्यु

सगरमाथा आरोहणको बाटो खुलाउने क्रममास् अप्रिल १२ तारिखका दिन खुम्बु क्षेत्रमा तीन शेर्पा बेपत्ता भएका थिए । पर्यटन विभागका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ निवासी दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा हिउँको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन् । उनीहरु इमाजिन नेपाल ट्रेक्सबाट खटिएका थिए । सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने ९रोप फिक्सिङ० को सामान लैजानेक्रममा उनीहरु हिउँको ढिस्कोमा बेपत्ता भएका थिए ।

सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म ‘रोप फिक्सिङ’ गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएको थियो । सो कामको जिम्मा पाएको इमाजिन नेपाल ट्रेक प्रालिका तर्फबाट  दावा ग्याल्जे शेर्पाको नेतृत्वमा एक फोटोग्राफरसहित नौ शेर्पाले ‘रोप फिक्सिङ’ गरेका थिए ।

मृतकमध्ये तीन नेपाली र तीन विदेशीसहित छ जनाको सगरमाथा आरोहपछि मृत्यु भएको थियो भने बाँकी ११ जनाको आरोहणका क्रममा मृत्यु भएको थियो । ह्याप्पी फिट कम्पनीबाट आरोहणमा जानुभएका नेपाली आरोही रञ्जित कुमार झाको २५ तारिखका दिन मृत्यु भएको थियो । एक्सिपीडिसन हिमालयबाट जानुभएका लाक्पा नोर्बु शेर्पाको पनि सोही दिन मृत्यु भएको थियो ।

त्यस्तै पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएका फुर्बा शेर्पाको मे १६ तारिखका दिन मृत्यु भएको थियो । त्यसैगरी विदेशी नागरिक क्रमश: मलेसियाका एज आकासान्दर विन अम्पुअन याक्कुवको मे १९ मा, सोही दिन सिङ्गापुरका श्रीनिवास सान्स दत्त र अष्ट्रेलियाका जासोन्ब बर्नाड लेलिन्सोनको मे १९मा मृत्यु भएको थियो । उनीहरु क्रमश: पायोनियर एक्सिपीडिसन सेभेन समिट ट्रेक्स र एसियन ट्रेकबाट आरोहणमा गएका थिए ।

त्यस्तै भारतका सुबान्ने लियोपोल्डिएनको  मे १८मा लुक्लामा मृत्यु भएको थियो । उनी ग्लेसियर ट्रेकिङ कम्पनीबाट आरोहणमा गएका थिए । त्यस्तै एटके एक्सिपीडिसनबाट आरोहाणमा जानुभएका चिनियाँ नागरिक जुएविन चेनको मे १८ मा सगरमाथाको साउथ समिटमा मृत्यु भएको थियो । त्यसैगरी मे १मा सगरमाथाको दोस्रो शिविरमा अमेरिकी नागरिक जोन थान सुगरम्यानको मृत्यु भएको थियो । उनी इमेज कम्पनीबाट आरोहणमा गएका थिए ।

अप्रिल १२ का दिन इमाजिन नेपालबाट गएका लाक्पा रीता शेर्पाको खुम्बु आइसफलमा मृत्यु भएको थियो । मे २१ तारिखमा पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएकी आङकामी शेपाको सगरमाथाको दोस्रो शिविरमा मृत्यु भएको थियो । क्यानेडियन नागरिक एस पेटरुस अल्वर्टयनको मे २५मा सगरमाथाको तेस्रो शिविरमाथि मृत्यु भएको थियो । उनी हिमालयन गाईड कम्पनीबाट आरोहणमा गएका थिए । सेभेन समिट ट्रेक्सबाट जानुभएका हङ्गेरीका स्जीलार्ड सुहाजडाको हिलारी स्टेपमा मे २४मा मृत्यु भएको थियो ।

यस यामको सगरमाथा आरोहण गत वैशाख ३० गते देखि सुरु भएको थियो । झण्डै जेठको तेस्रो सातासम्म आरोहण भएको थियो ।  सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०ले बाटो बनाएको थियो ।  

सङ्घका पूर्वअध्यक्ष शेर्पाका अनुसार सन् २०१४ को हिमपहिरो र सन् २०१५ को महाभूकम्पछि यसवर्ष सबैभन्दा धेरै आरोहीको मृत्यु भएको हो । एकिन तथ्याङ्क नभए पनि सन् १९५३ देखि हालसम्म तीन सय २८ जनाको मृत्यु भएको बताइन्छ । हालसम्म झण्डै आठ हजारले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै एघार हजार हाराहारी आरोहीले सगरमाथा चढेको उनले जानकारी दिए । 

यो याममा सगरमाथाको चौँथो शिवविरसम्म बाटो खोलिसकेपछि उच्च हिमाली क्षेत्रमा लामो समयसम्म चलेको चर्को हावा र खराब मौसमका कारण सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ गरी बाटो खोल्ने काममा केही ढिला भएको विभागले जनाएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद विघटनविरुद्ध मुद्दामा सर्वोच्चले तोक्यो फागुन ८ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजका लागि साधारण तारे...

एभरेष्ट चिनी मिलको क्रसिङ तथा उत्पादन बन्द

बर्दिबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भए...

जेनजीको प्रमुख मुद्दालाई हामीले आफ्नो मुद्दा बनाएका छौँ: घिसिङ

दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएको छन् । जेनजी आन्दोलनपछि विकल...

आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको हो : अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ...

टी–२० विश्वकप : ऐतिहासिक दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी

काठमाडौँ। अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिह...

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छ...

पहिला त हामीलाई धेरै हेप्थे, अहिले निर्वाचनको माहोल नेकपातिर फर्किँदैछ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै...

नेप्से परिसूचक स्थिर, कारोबार रकममा भने सुधार

काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुवाती समयमा बढेको बजार अन्त्यमा ०.०४...

राष्ट्रिय सभाबाट चलचित्र विधेयक सर्वसम्मत पारित, ऐन बन्ने प्रक्रियामा अघि बढ्यो

काठमाडौं। राष्ट्रिय सभाले चलचित्र सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। बुधबार बसेको सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्...

क्यानाडामा गोलीकाण्ड, नौ जनाको मृत्यु

टोरन्टो । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE