Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । 

मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिए । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले भने, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।”

अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताए । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यास नगरपालिकामा हप्ताको छ दिन नै विद्यालय सञ्चालन हुने

तनहुँ। तनहुँको व्यास नगरपालिकाले सङ्घीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि आफ्नो क्षेत्रभित्रका विद्यालय आइतबार पनि सञ्चालन गर्न आग्रह ग...

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका-जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ...

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्या...

विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द

उर्लाबारी। विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्तीमा पनि डोजर

काठमाडौँ। काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका...

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending