काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् ।
अभियोगपत्रअनुसार खाँणलाई २७ चैतमा उनको घरबाट पक्राउ गर्दा केही कागजात बरामद भएको थियो । त्यसमध्ये यो प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले एउटा कागज पठाएका थिए, जसमा केशव दुलालको बयान फेर्न लगाउनुपर्यो, नभए खाँणविरुद्ध मुद्दा चल्नसक्छ भनिएको थियो ।
पक्राउ परेपछि खाँणले यो कागज च्यात्ने प्रयास गरेका थिए । प्रहरीले यसलाई जोडजाड पारेर प्रयोगशालामा पठायो र पाण्डेले नै लेखेको पुष्टि पनि भएको छ । पाण्डेले पनि बयानमा यो आफूले लेखेको स्वीकार गरेका छन्, तर पक्राउ पूर्जी जारी भएपछि हतास भावमा डायरीमा मात्र लेखेको दाबी गरेका छन् ।
बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरे । उनले अगाडि भने, ‘हस्ताक्षर र ल्याप्चेबिनाको कागजलाई प्रमाण मान्न मिल्दैन ।’
उनले तत्कालीन गृहसचिव पाण्डेलाई रानीपोखरीस्थित प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलले बयान लिएको समेत दाबी गरे । तत्कालिन गृहसचिव पाण्डेको बयान उधृत गर्दै उनले भने, ‘राति निद्रामा लगेर बयान गराइएको रहेछ ।’
खाँणलाई मन्त्रालयमै रकम बुझाएको बयानमा प्रश्न उछन्दै उनले भने, ‘केशव दुलालले झोला बोकेर मन्त्रालय गए कि गाडीमा गए रु सीसीटीभी प्रमाण मगाउनुपर्छ र हेर्नुपर्छ ।’
अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने उनले बताए । ‘मलाई बार अध्यक्ष भएको मान्छे मुद्दा लड्न आयो भनेका छन्’, घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ?’
अर्का वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रूपान्तरण नहुने जिकिर गरेका थिए । बालकृष्ण खाणको विश्वसनीयता सिध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको जिकिर थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: