Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

द्वन्द्वकालीन मुद्दालाई अदालत पुर्‍याएर देशलाई फेरि द्वन्द्वमा धकेल्न खोजियो: बाबुराम भट्टराई

खबरडबली संवाददाता

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुन: द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छ

जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा पुगेका भट्टराईले सदरमुकाममा पत्रकारहरुसँगको कुराकानीमा त्यही षड्यन्त्रका लागि केही पात्रहरू उभ्याइएको उनले बताए।

'यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो। त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ,' उनले भने।

उनले विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए।

'द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ,' उनले भने, 'त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो।' 

उनले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको पनि दाबी गरे।

'धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ,' अध्यक्ष डा भट्टराईले भने, 'थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो।'

पूर्वप्रधानमन्त्री डा भट्टराई बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्नेमा जोड दिने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलबस्तुमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...

काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।  वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको...

डा. स्वर्णिम वाग्लेको चुनावी खर्च २७ लाख

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...

प्रचण्ड–रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट भएको समाचार असत्य

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...

बैतडीमा दुई महिलाको मृत्यु

बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...

सुनको मूल्य दुई हजार ८०० ले घट्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...

चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...

युद्धका बीच कतार एयरवेजका १४३ विशेष उडान

काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: