Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

द्वन्द्वकालीन मुद्दालाई अदालत पुर्‍याएर देशलाई फेरि द्वन्द्वमा धकेल्न खोजियो: बाबुराम भट्टराई

खबरडबली संवाददाता

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुन: द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छ

जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा पुगेका भट्टराईले सदरमुकाममा पत्रकारहरुसँगको कुराकानीमा त्यही षड्यन्त्रका लागि केही पात्रहरू उभ्याइएको उनले बताए।

'यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो। त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ,' उनले भने।

उनले विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए।

'द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ,' उनले भने, 'त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो।' 

उनले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको पनि दाबी गरे।

'धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ,' अध्यक्ष डा भट्टराईले भने, 'थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो।'

पूर्वप्रधानमन्त्री डा भट्टराई बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्नेमा जोड दिने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’

कास्की । नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक ...

लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई राहत

बैतडी । लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ ।  वर्षा भएपछि मकै छर्न तथा ...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग

काठमाडौँ । विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गर...

चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ । घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभा...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ । नेपाल बुद्धि...

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हास...

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवा आकर्षित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा टँुडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौ...

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।  आरोहण गरी फर्किने क्रममा पर...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुटिसकेको छ ।  कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक...

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् । बिरामीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies