Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

संसदको शून्य समय : कसले के भने ?

खबरडबली संवाददाता

काठमाडौँ । सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले नेपालमा सडकमा हुने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताए ।

“पछिल्लो एक दशकमा १९ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जुन १० वर्षीय सशस्त्रद्वन्द्वमा मारिनेकोभन्दा बढी सङ्ख्या हो”, उनले भने, “गत वर्ष भएका २४ हजारभन्दा बढी सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।” उनले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिए ।

सांसद सिता मिजारले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै यसको न्यूनीकरणमा सरकार गम्भीर हुनुपर्ने बताइन् । सांसद सुशीला श्रेष्ठले भुस्याहा कुकुरका कारण सवारी दुर्घटना बढेको बताइन् । उनले पैदल यात्रीलाई कुकुरको आक्रमणले असुरक्षित बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद स्वर्णीम वाग्लेले सवारी दुर्घटनामा तत्काल उद्धारका लागि सरकारको तयारीमा थप सुधार गर्नुपर्ने बताए । उनले सार्वजनिक संस्थाको क्षयीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराए । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति र संस्थाको सम्पत्ति जर्गेना गर्नका लागि उनले जोड दिए ।

सांसद सन्तोष परियारले विश्वविद्यालयका शिक्षकमाथि हुने भौतिक आक्रमण र हमलाप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद हरि ढकालले रामपुर कृषि विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग गरे । सांसद हितराज पाण्डेले आन्दोलनरत विद्यालयस्तरका कर्मचारीको जायज माग सम्बोधन गर्न माग गरे । सांसद सूर्य थापाले सार्वजनिक विद्यालयका कार्यालय सहयोगीका जायज माग पूरा गरी नियमित काममा फर्काउन माग गरे ।

सांसद सुमना श्रेष्ठले बालमन्दिर आयोगको प्रतिवेदन छलफलमा राख्नुपर्ने माग गर्दै राजनीतिक संरक्षणमा हुने अनियमितताप्रति प्रश्नसमेत गरिन् । सांसद सोनु मुर्मुले मोरङ जिल्लाका सन्थाल बालबालिकाका लागि विद्यालयमा सहज पठनपाठनको व्यवस्था गर्न ध्यानाकर्षण गराइन् । सांसद बीना लामाले विद्यार्थीलाई यातना दिने विद्यालय र शिक्षकलाई कारबाही गर्न माग गरिन् ।

बैठकमा बिजुला रायमाझीले वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी ठोस योजना नल्याएको भन्दै आलोचना गरिन् । सांसद विद्या भट्टराईले पोखरा महानगरपालिकामा ढल निकास तथा वर्षायामको पानीको उचित व्यवस्थापन गर्नतर्फ ध्यानाकर्षण गराइन् । उनले यसको दीर्घकालीन समाधानका लागि बृहत् योजना बनाई काम गर्न माग गरिन् । सांसद बिनिताकुमारी सिंहले चुरेपर्वतको ढुङ्गा, बालुवा तथा गिट्टी उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य तत्काल रोक गर्न माग गरिन् । सांसद विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचारको अवस्था भयावह बन्दै गएको भन्दै समयमा प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा नीतिगत भ्रष्टाचार फैलिएको भन्दै यसलाई अनुसन्धानको दायरामा समेट्नुपर्नेमा जोड दिए । 

सांसद श्यामकुमार घिमिरेले निर्माण आयोजना अलपत्र पार्ने ठेकेदार र काम सम्पन्न भइसक्दासमेत भुक्तानी नदिने सरकारमाथि कारबाही गर्ने गरी सार्वजनिक खरिद ऐनमा संशोधनको माग गरे । सांसद शान्ति विकले जातीय विभेदका कारण हुने सामाजिक हिंसा र अन्यायप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद शिव नेपालीले बागलुङका प्रभात बस्याललाई दलित भएकै कारण झुटो मुद्दा लगाइएको भन्दै गम्भीर छानबिनको माग गरे । 

सांसद शेरबहादुर कुँवरले दार्चुलाको व्यास गाउँपालिका र टिङ्करलाई जनगणनामा समेट्न नसकेकोबारे जवाफ माग गरे । सांसद शोभा ज्ञवाली पाँच सीमा नाका सञ्चालनको सम्झौताका बाबजुत बर्दियाको गुलरिया–मूर्तिया सीमानाका हालसम्म सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।  सांसद सरस्वती सुब्बाले कृषिमा विभिन्न बीमाको प्रिमियम रकमको बक्यौता सरकारले तत्काल भुक्तानी गर्नुपर्ने बताइन् । सांसद सराज अहमद फारुकीले कपिलवस्तुको औद्योगिक क्षेत्रलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न माग गरे । 

सांसद सरिता भुसालले तराई जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशको उपचारको व्यवस्था मिलाउन माग गरिन् । सांसद शान्ति चौधरीले वन्यजन्तु संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वतर्फ पनि सचेत हुनुपर्ने बताइन् । सांसद सूर्यकुमारी श्रेष्ठले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको जिल्लामा अनिवार्य एम्बुलेन्स सेवा उपलब्ध गराउन माग गरिन् । सांसद सूर्यप्रसाद ढकालले वर्षायाम सुरु भए पनि मलको अभावमा कृषकले खेती लगाउन नसकेको बताए ।

सांसद सूर्यमान तमाङ दोङले ट्राफिक व्यवस्थापनका नाममा काठमाडौँ महानगरपालिकाले नागरिकलाई सास्ती दिन नहुने बताउँदै किसानलाई समयमा मल उपलब्ध गराउनसमेत माग गरे । सांसद सोविता गौतमले देश जलवायु परिवर्तनको जोखिममा परेको बताउँदै यसका लागि राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय सन्धिको कार्यान्वयन गर्न ध्यानाकर्षण गराइन् ।

सांसद हृदयराम थामीले सुर्खेत विमानस्थलको स्तरोन्नतिको माग गरे । सांसद ज्ञानु बस्नेत सुवेदीले मन्त्रिपरिषद्को निर्णयअनुसार चितवन जिल्ला भरतपुर महानगरपालिकामा आधुनिक शिक्षक अस्पताल निर्माण योजना अलपत्र भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद बीना जैसवालले नागरिकता नहुँदा नागरिकले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

कपिलबस्तुमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: