Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

वामदेवले अस्वीकार गरे समाजवादी मोर्चा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चामा रहन अस्वीकार गरेका छन् ।  नेकपा (एमाले)सँग पार्टी एकताका लागि नजिकिएपछि उनले माेर्चामा रहन अस्वीकार गरेका हुन् ।

सत्तारुढ तीन दलले गौतमलाई पनि मोर्चामा ल्याउन पहल गरेका भए पनि गौतमले उक्त मोर्चामा रहन अस्वीकार गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मात्रै रहने गरी सोमबार मोर्चा घोषणा हुने भएकाे हाे ।

बामदेवकाे पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले नेताहरुबाट मोर्चामा रहन प्रस्ताव आएको तर समाजवादका विषयमा आफूहरुले राखेको प्रस्तावमा मोर्चामा रहेका दलहरुले चासो नदेखाएको बताए । पार्टीको तर्फबाट एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई अवधारणा पत्र दिइएको उनले बताए । जसमा एमालेले भने चासो देखाएकाे उनको भनाइ छ ।

समाजवाद प्राप्ति गर्नका लागि कृषि कार्यक्रम के गर्ने ? औद्योगिक कार्यक्रम के गर्ने ? जलसम्बन्धी नीति कस्तो बनाउने ? रोजगारी सिर्जना कसरी गर्ने ? लगायतका विषयमा अवधारणा पत्र दिएकाे उनले बताए । हाम्रो अवधारणापत्रमा तीन दल उदासिन भएको र त्यसमा चासोका साथ एमाले अघि आइरहेकोले एमालेसँग वार्ता चलिरहेको उनले बताए । 

पार्टीले राखेको अवधारणापत्रमा सहमति नभएपछि मोर्चामा नजाने पाण्डेकाे भनाइ छ । अवधारणापत्रमा सहमति भएपछि समाजवादी केन्द्रमा जाने प्रष्ट भएकाे भएपाि त्यहाँ सहमतिको लक्षण नदेखिएको उनले बताए । 

पार्टी कम्युनिस्ट पार्टीको एकताका पक्षमा रहेकाले एमालेबाहेकको मोर्चा अस्वीकार्य रहेको पाण्डे बताउँछन् । उनले हाम्रो उद्देश्य कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने रहेकाे र एमालेलाई एक्लो बनाएर यिनीभन्दा एमाले ठिक–बेठिक भन्ने कोणबाट हाम्रो दृष्टिकोण हुन नसक्न् बताए । 

एमालेले पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद निलम्बन गरेपछि गौतम अहिले पार्टीमा फर्कने र आफूसँग रहेका नेताहरुको व्यवस्थापनका विषयमा छलफलको तयारीमा रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending