काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले अस्पतालको बिल देखाउँदै राज्यले नै कालोबजारी गरिरहेको बताएकी छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक अस्पतालबाट किनेको औषधिको बिल देखाएर कालोबजारी गरिरहेको बताएकी हुन्।
उनले भिनन् –‘निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको नमुना छ । मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ । यो डायलासिस गराइरहेका बिरामीको बिल हो,’ उनले भनिन्, ‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ। यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सय पर्न आउँछ।’
उक्त औषधिमा ७५ प्रतिशत बढी नाफा खाएको भन्दै कालोबजारी कति खाएपछि नमानिने वा मानिने भन्दै प्रश्न गरेकी हुन् ।
उनले भनिन् ‘२० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी छ । मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म मात्रै यो कालो बजारी नमानिने हो या कालोबजारी मानिने हो?,’ उनले सोधिन्,‘यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ ?’ उनले प्रश्न गरिन् ।
उनले थपिन्, ‘हप्ताको तीन पटकसम्म डायलासिस गराउनुपर्ने नागरिकलाई गरिबलाई राज्यले नै यसरी लुट्ने? हाम्रो इमान धर्म कता जाँदैछ? स्वास्थ्य बीमा जस्तो महत्वपूर्ण सार्वजनिक विषयको कार्यक्रमलाई धरासायी बनाउन निजि मात्रै होइन सरकारी संस्थाको नितिगत ठगी पनि जिम्मेवार छ। यस्ता ठगीलाई तत्काल कारबाहि गरियोस्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - ०७:३८
काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...
आश्विन ५ गते, २०८१ - ०७:३५
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...
आश्विन ५ गते, २०८१ - ०७:३१
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रह...
आश्विन ४ गते, २०८१ - ११:२१
काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...
आश्विन ४ गते, २०८१ - ११:१६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...
आश्विन ४ गते, २०८१ - ११:१३
काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...
आश्विन ४ गते, २०८१ - ११:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...
आश्विन ४ गते, २०८१ - ११:०१
रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...
आश्विन ४ गते, २०८१ - ११:००
काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...
आश्विन ४ गते, २०८१ - १०:१७
बागलुङ । धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...
प्रतिकृया लेख्नुहोस्: