Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बाढीपहिराका कारण पाँचथरमा २४ घर विस्थापित, पाँच जना अझै बेपत्ता

खबरडबली संवाददाता

पाँचथर । पाँचथरमा बाढीपहिराका कारण हालसम्म २४ घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराका कारण जिल्लाको फालेलुङ, याङवरक, हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकाका सो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका हुन् । 

उनीहरू आफन्त तथा छरछिमेकीको शरणमा बसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चौबीस परिवार विस्थापित भए पनि सात वटा घर पूर्ण र एउटा घरमा आंशिक क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हालसम्म याङवरक–२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको घर, फिदिम–४ का रेशम कटवालको घर, हिलिहाङ–७ का आशिष माझीको होटल, फिदिम–४ का सरध्वज आङ्देम्बेको घर र बङ्गुर फार्म, फालेलुङ–३ का मनप्रसाद राईको पूर्णरूपमा क्षति भएको छ । फालेलुङ–२ का टङ्क योङ्या र वीरबहादुर योङ्याको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । 

बाढीले घर बगाउँदा याङवरक–२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको परिवार विस्थापित भएका छन् । फालेलुङ–३ का मनप्रसाद राई, फालेलुङ–२ का वीरबहादुर योङ्या, फिदिम नगरपालिका–४ हेंवाखोलाका रेशम कटवाल, सोही वडाको माझीटारका सरध्वज आङ्देम्बे, हिलिहाङ गाउँपालिका–७ का मनहाङ कन्दङ्वा, चन्द्र जबेगू, कमला घिसिङ तामाङ र भुवानी योक्पाङ्देनको परिवार विस्थापित भएको छ ।

घरमा पहिराले क्षति पु¥याएपछि फालेलुङ गाउँपालिका–४ का मनबहादुर गुरुङ, पदम गुरुङ, गणेश गुरुङ र टेकबहादुर गुरुङको परिवार पनि विस्थापित भएको छ । 

घरमा आंशिक क्षति पुगेका फालेलुङ–३ का वीरेन्द्र लिवाङ, राजकुमार लिवाङ, अमृतकुमार लिवाङ र प्रकाश सेलिङको परिवार पनि विस्थापित भएका छन् । उच्च जोखिममा रहेका फालेलुङ–४ का प्रकाश गुरुङ, सिद्धिबहादुर गुरुङ, विष्णु गुरुङ र बेमबहादुर गुरुङको परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ । 

बाढी र पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको पाँचथर प्रहरीले जनाएको छ । पाँचथरमा पहिरामा परी फालेलुङ–४ की आठ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा मृत्यु भएको छ भने उनकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई घाइते छन् ।

बाढीमा अहिलेसम्म यहाँका पाँच जना हराइरहेका छन् । बेपत्तामा तल्लो हेंवा जलविद्युत् आयोजनाका सुरक्षा गार्डद्वय हिलिहाङ–७ का ४५ वर्षीय तिलकुमार गुरुङ र फिदिम–११ का हेमराज भनिने २८ वर्षीय सञ्जोग लिम्बू, फिदिम–५ घर भई हेंवा खोलामा गिट्टी कुट्ने ५५ वर्षीय राजकुमार राई, फिदिम नगरपालिका–४ घर भई हिलिहाङ–७ मा बोत्तल हाउस होटल सञ्चालन गर्ने २८ वर्षीय आशिष माझी र उनकी २५ वर्षीया श्रीमती एलिसा माझी छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending