Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा

खबरडबली संवाददाता

भरतपुर । भरतपुर महानगरपालिकाले  अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको  पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको   छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उपयोग गरिराखेका छन् । 

पछिल्लो छ वर्षमा महानगरपालिकाभित्र २६  ठुला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन्  । महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो ।

महानगरपालिकाले दिएको जानकारीअनुसार ती आयोजनामा झण्डै रु चार अर्ब लगानी भएका छन् । अन्य ठुला आयोजनासमेत आउने चरणमा रहेका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ । छ वर्ष अघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दा मात्र खानेपानीको पहुँचमा थिए । त्यसो त महानगरपालिकाले मासिक सात हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई नि:शुल्क उपलब्ध गराउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा रु तीन करोड महानगरपालिकाले विनियोजन गरेको छ । यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् । भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झण्डै ४० ठुला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् ।
 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पुर्‍याउने गरी काम भइरहेको जानकारी दिइन्  । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्ने छ । उनले भनिन्, “हाम्रो दोस्रो कार्यकाल सकिनुपूर्वनै शतप्रतिशत उपभोक्ताकोमा पानी पुर्‍याउँदै छौँ ।” कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको हो । 

शारदानगर खानेपानी आयोजनामा रु ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा रु ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा रु २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा रु २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा रु २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा रु २३ करोड २५ लाख खर्च हुँने जनाइएको छ  । 

त्यसैगरी  भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा रु पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा रु ११ करोड ३५ लाख, भरतपुर १० मा एउटै ट्याङ्की नौ लाख लिटरको निर्माण गरिएको छ । जुन नेपालकै सबैभन्दा ठुलो ट्याङ्की हो ।

कैलाशनगर–फूलबारी खानेपानी आयोजनामा रु आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा रु छ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा रु पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा रु छ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा रु चार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।
 
पार्वतीपुर खानेपानी आयोजनामा रु २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा रु पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना रु १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना रु १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना रु २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना रु १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ रु १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना रु १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना रु आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा रु एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ । 

देवघाट खनोपानी आयोजना रु एक करोड दुई लाख, चौकीडाँडा खानेपानी आयोजना भरतपुर २९ रु पाँच करोड ९५ लाख, ठिकुरा रामनगर–१ रु ७२ लाख र ढोडेनी खानेपानी आयोजना रु एक करोड पाँच लाखको लागतमा निर्माण भइरहेको छ । गौरीगञ्जमा झण्डै रु ४० करोडको लागतमा नयाँ आयोजना अघि बढाइँदै छ ।
 
महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताए । उनले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पुर्‍याउने काममा महानगर लागि परेको बताए । उनले भने, “जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी रहेको छ ।” महानगरपालिकाको पहलमा प्रदेश र सङ्घीय सरकारले खानेपानी विस्तारमा सहयोग गरेको उनले बताए । खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रुपमा खानेपानी उपलब्ध गराएको छ । दीर्घकालीन आयोजना सङ्घीय सरकारमार्फत अघि बढाउन गुरुयोजना बनिरहेको महानगरले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy