Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सङ्खुवासभामा बाढी पहिरोमा परी बेपत्ता खोज्दै मोति र पिक्कु

खबरडबली संवाददाता

किमाथाङ्का । सङ्खुवासभामा बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुर बेपत्ताको खोजी गर्न परिचालन गरिएको हो । 

नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुईवटा कुकुरको सहायतामा आज बिहान सभाखोलादेखि खोजी थालिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गरिरहेको उनले बताए । मोति र पिक्कुसँगै प्रहरी, सेना र सशस्त्र प्रहरी गरी झण्डै एक सुरक्षाकर्मी परिचालन गरिएको छ । खोला किनारमा ६० फिटभन्दा बढी बालुवा थुप्रिएका कारण उद्धार टोलीलाई बालुवा हटाउन समस्या भएको छ ।

बाढीपहिरोमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि उनीहरुको अवस्था पत्ता नलागेपछि तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिइएको प्रजिअ कार्कीले बताए । उनका अनुसार कुकुरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज र भोलि हेवाखोला र सभाखोला किनार आसपास खोजी गर्नेछन् । बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन्  ।

बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । बाढी पहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युत्का १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् । बाढी पहिरोका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदा...

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन

काठमाडौं । ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक प्रशा...

अष्ट्रेलियाकी महिला सांसदमाथि यौन दुर्व्यवहार !

काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफुलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् । ब्रिटनी लाउगाले एक...

गण्डकी प्रदेशमा राप्रपा तटस्थ बस्ने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ । आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत ल...

भक्तपुरमा कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं, भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रामेछाप लिखु ता...

खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएको छन् । नेपाल र चीन ...

दक्षिणी ब्राजिलमा भिषण बर्षा, ५८ जनाको मृत्यु

काठमाडौँ । ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म...

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल ...

काठमाडौँ आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ

काठमाडौं । सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies