Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

धरमर गठबन्धन, एमालेले गर्‍यो देउवालाई प्रधानमन्त्रीको प्रस्ताव !

खबरडबली संवाददाता

काठमाडौं । सत्तासीन कांग्रेस महामन्त्री गगन थापाले चित्त नबुझे सत्ता गठबन्धन फेरिने बताए। सत्ता समीकरण फेरेर नयाँ बनाउने चलखेल भइरहेको चर्चा चलेका बेला कांग्रेस महामन्त्री थापाले शनिबार ‘गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु’ कुनै नौलो नभएको बताए। 

कांग्रेस–एमालेबीच सत्तासमीकरणका दोस्रो तहका नेताबीच छलफल चलिरहेका बेला कांग्रेस महामन्त्री थापाले ‘सत्ता गए जाओस्’ भन्ने अभिव्यक्ति एक कार्यक्रममा दिए। 
सत्तासीन दलका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि ‘संयुक्त सरकार’ बन्नुपर्ने धारणासहितको ट्वीट शुक्रबार गरे। 

सत्तासीन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि शुक्रबार नै ‘कांग्रेसलाई सत्ता दिन’ एमाले लागिपरेको आरोप लगाउँदै नयाँ समीकरणको चलखेलबारे संकेत गरे। सत्तासीन दलभित्रै ‘बजेट’ प्रतितीव्र असन्तुष्टि व्यक्त भइरहेका बेला ‘भित्रभित्रै सत्तासमीकरणका चलखेल’ भइरहेको नेताहरूले नै बताउन थालेका छन्। 

कांग्रेस र एमाले मिलेर सत्ता चलाउनुपर्नेमा दुवै दलका दोस्रो तहका नेताहरूबीच छलफल र वार्ता भइरहेका छन्। त्यसबाट गठबन्धनका अरू दल सशंकित छन्। गठबन्धनका एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीले सरकारकै बजेट संशोधन हुनुपर्ने भन्दै संसद्मा विरोध जनाइरहेका बेला गठबन्धन परिवर्तनको बहस पनि उत्तिकै छ। 

मुलुकमा अस्थिरता झनै बढ्दै गइरहेको भन्दै एमालेले स्थिरताका लागि कांग्रेस–एमालेको सरकार बन्नुपर्ने प्रस्ताव कांग्रेसलाई गर्दै आएको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीति स्थिरताका लागि दुई ठूला दलबीच नयाँ गठबन्धन बन्ने संकेत गरेका छन्। यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने कुनै प्रतिक्रिया दिएका छैनन्। 

देउवा विदेशमा छन्। तर, दुवै दलका दोस्रो तहका नेताहरू यसको गृहकार्यमा छन्। राष्ट्रपतिको निर्वाचन लगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेससँग मिलेर नयाँ सरकार गठन हुन सक्ने बताउँदै भनेका थिए, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन नि १, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम खाएको छैन। कांग्रेससँग हामी मिल्न सक्छौं।’ मुलुकको स्थायित्व र समृद्धिका लागि दुई ठूला दल मिल्ने प्रयासमा थिए। 

आमनिर्वाचन अघि पनि सञ्चारमाध्यमसँग अध्यक्ष ओलीले निर्वाचनपछि कांग्रेस र एमाले गठबन्धनको सरकार बन्ने बताएका थिए। माओवादी केन्द्रबाट धोका पाएको एमालेले पुनः संघीयसहित प्रदेश सरकारमा बलियो रूपमा उपस्थित हुन कांग्रेससँग मिलेर अरू सबै दललाई प्रतिपक्षमा राख्ने रणनीति बनाएको छ। 

मुलुकको समृद्धि र राजनीति स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार बनाउने र मुलुकलाई दुर्घटनाबाट जोगाउँदै जनताका चाहना सम्बोधन गर्न सकिने एमालेको तर्क छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई कुर्सीको अफर गर्न लागेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक छन्।

पार्टीको सम्पर्क विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाए।

नेपालले भने, ‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन। उसले अहिले पनि के चाहेको छ भने केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, हामी साथ दिन तयार छौं भनिरहेका छन्। कस्तो बिडम्बना, त्यो कम्युनिस्ट पार्टीको चरित्र कस्तो होला रु जुन कम्युनिस्ट पार्टीका नेताले कम्युनिस्ट प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढालेर दलाल पुँजीवादी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चलखेल गरिरहेका छन्।’ नेपालको यो अभिव्यक्तिले पनि सत्ता परिवर्तनका चलखेल भइरहेको देखिन्छ। 

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सत्ता फेरबदलको कुरा आफूलाई थाहा नभएको भन्दै तर्के। कांग्रेसका एक पदाधिकारीले भने औपचारिक रूपमा एमालेसँग कांग्रेसको सम्भावित गठबन्धनको विषयमा कुनै छलफल नभएको बताए। अनौपचारिक रूपमा बालकोटबाट दोस्रो तहका नेताले यसविषयमा छलफल चलाएको उनले बताए। 

उनले भने, ‘एमाले अध्यक्ष ओलीजीले आमनिर्वाचनदेखि चाहेको विषय हो। माओवादी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री प्रचण्डजीसँग बदला लिनका लागि पनि उहाँहरूले कांग्रेससँग गठजोड गर्न खोजेको बुझिन्छ।’ कांग्रेस नेता अर्जुननरसिंह केसी भने गठबन्धन परिवर्तनको चर्चा भए पनि परिणाम नआइन्जेल हल्ला कै रूपमा लिनुपर्ने बताउँछन्। केसी भन्छन्, ‘अहिले गठबन्धन बनाउनेरतोड्ने समय हैन। देशको परिस्थितिलाई हेर्दा सबैलाई समेटेर जाने बेला हो।’ कांग्रेस सांसद रामहरि खतिवडा भने गठबन्धन तोड्ने पक्षमा कांग्रेस नरहेको बताए। 

२०७९ पुस १० मा पहिलोपटक एमालेसहित सातदलीय समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। उनले पुुस २६ मा विश्वासको मत लिएका थिए। राष्ट्रपति निर्वाचनमा एमालेसँगको सहमतिलाई तोडेर कांग्रेसको पक्षमा लागेपछि पुनः चैत ६ मा प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएका थिए। सत्तारुढ प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवा देश बाहिर रहेको अवस्था प्रचण्डको अगुवाईमा समाजवादी मार्चा बनेसँगै सत्तागठबन्धनका फेरबदलको चर्चा चुलिएको हो। 

कांग्रेस-एमाले सरकार 

प्रतिनिधिसभामा कांग्रेसको ८८ र एमालेको ७९ सिट छ। यी दुई दलमिल्दा सजिलै सरकार बन्छ। प्रतिनिधिसभामा २ सय ७५ मध्ये दुई दल मिल्दा १ सय ६७ हुन्छ। बहुमतका लागि १ सय ३८ सिट चाहिन्छ। एमालेले त कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन प्रस्ताव नै गरिरहेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले एमालेको मुख्य एजेन्डा सत्ता नभएको दाबी गरे पनि सरकारको विकल्प सडक र सदनबाट खोजिन थालेको बताउँछन्। कांग्रेस र एमाले मिल्नै हुँदैन भन्ने नरहेको उनले बताए। 

वामपन्थी सरकार 

माओवादी केन्द्र र नेकपाका एकथरी नेताहरू वामपन्थीको सरकार बनाउन पहल थालेका छन्। ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि वामपन्थी दलको सरकार बनाउन उनीहरू सक्रिय छन्। माओवादी केन्द्रका नेता वर्षमान पुन चीनबाट उपचार गरेर फर्किएपछि यो पहल बढ्दै गएको छ। यो समाचार  आजको अन्नपूर्ण दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: