काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरू भर्ना भएको भन्ने विवरण कुनै विश्वसनीय स्रोतबाट प्राप्त भइनसकेकाले बताएका छन्। अहिलेसम्म ठोस प्रमाण नभेटेकाले सरकारले औपचारिक प्रतिक्रिया नजनाएको उनको भनाइ छ।
उनले सामाजिक सञ्जाल र कतिपय विवरणमा आएका जानकारीका आधारमा सरकारको यस विषयमा ध्यानाकर्षण भएको बताए। केही साता यता युक्रेनसँग लडाइँमा रुसको तर्फबाट लड्न केही नेपाली युवाहरू भर्ना भएका भन्ने विवरण मिडियाहरुमा आइरहेका छन्।
मन्त्री साउदले बीबीसीसँगको अन्तर्वार्तामा भनेका छन्, 'रुस युक्रेन युद्धका सन्दर्भमा केही सोसल मिडियामा कसै कसैले नेपालीहरू युक्रेनमा पनि भर्ना भए भन्ने कुरा गरेका छन् र कतै चाहिँ रुसी सेनामा भर्ना भए भन्ने कुरा आएको छ।। केही मिडियाले यो कुरा लेखेका छन् तर यसमा ठोस प्रमाण हामीलाई अहिलेसम्म उपलब्ध भएको छैन।'
नेपालको केही देशको सेनामा परम्परागत रूपमा भर्नाको प्रक्रिया रहेको उल्लेख गर्दै त्योभन्दा बाहेक कुनै पनि देशसँग सैन्य भर्ती सम्बन्धी कुनै सन्धि, सम्झौता वा समझदारी नभएको बताए।
'परम्परागतरूपमा भर्ना हुने देशहरूमाबाहेक अन्य देशमा नेपालीहरूलाई भर्ना गर्ने कुरा हाम्रो नीति भित्र पर्दैन' उनले भने, 'त्यस्तो किसिमको प्रत्यक्ष प्रसारण सुन्ने अवसर मैले पाएको छैन। सोसल मिडियामार्फत् हामीकहाँ त्यस्तो खबर पुगेको हो। त्यस्तो किसिमको कुरालाई म यति मात्रै भन्न चाहन्छु कि रोजगारीको समस्या या बेरोजगारीको समस्या मुलुकको आन्तरिक मामिला हो।'
कुनै देशको युद्धमा कुनै मान्छेले जानेरनजाने भन्ने कुरा चाहिँ त्यो देशले, त्यो देशको नीतिले तय गर्ने उनले बताए।
तर, यो बिययमा विभिन्न सञ्चारमाध्यमदेखि ससदमा समेत पटक पटक कुरा उठाइरहेका छन्। यो बिषयमा शुक्रबार सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्रीले ध्यानाकर्षण भएको जनाएपनि ठोस जवाफ दिएका थिएनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: