काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरू भर्ना भएको भन्ने विवरण कुनै विश्वसनीय स्रोतबाट प्राप्त भइनसकेकाले बताएका छन्। अहिलेसम्म ठोस प्रमाण नभेटेकाले सरकारले औपचारिक प्रतिक्रिया नजनाएको उनको भनाइ छ।
उनले सामाजिक सञ्जाल र कतिपय विवरणमा आएका जानकारीका आधारमा सरकारको यस विषयमा ध्यानाकर्षण भएको बताए। केही साता यता युक्रेनसँग लडाइँमा रुसको तर्फबाट लड्न केही नेपाली युवाहरू भर्ना भएका भन्ने विवरण मिडियाहरुमा आइरहेका छन्।
मन्त्री साउदले बीबीसीसँगको अन्तर्वार्तामा भनेका छन्, 'रुस युक्रेन युद्धका सन्दर्भमा केही सोसल मिडियामा कसै कसैले नेपालीहरू युक्रेनमा पनि भर्ना भए भन्ने कुरा गरेका छन् र कतै चाहिँ रुसी सेनामा भर्ना भए भन्ने कुरा आएको छ।। केही मिडियाले यो कुरा लेखेका छन् तर यसमा ठोस प्रमाण हामीलाई अहिलेसम्म उपलब्ध भएको छैन।'
नेपालको केही देशको सेनामा परम्परागत रूपमा भर्नाको प्रक्रिया रहेको उल्लेख गर्दै त्योभन्दा बाहेक कुनै पनि देशसँग सैन्य भर्ती सम्बन्धी कुनै सन्धि, सम्झौता वा समझदारी नभएको बताए।
'परम्परागतरूपमा भर्ना हुने देशहरूमाबाहेक अन्य देशमा नेपालीहरूलाई भर्ना गर्ने कुरा हाम्रो नीति भित्र पर्दैन' उनले भने, 'त्यस्तो किसिमको प्रत्यक्ष प्रसारण सुन्ने अवसर मैले पाएको छैन। सोसल मिडियामार्फत् हामीकहाँ त्यस्तो खबर पुगेको हो। त्यस्तो किसिमको कुरालाई म यति मात्रै भन्न चाहन्छु कि रोजगारीको समस्या या बेरोजगारीको समस्या मुलुकको आन्तरिक मामिला हो।'
कुनै देशको युद्धमा कुनै मान्छेले जानेरनजाने भन्ने कुरा चाहिँ त्यो देशले, त्यो देशको नीतिले तय गर्ने उनले बताए।
तर, यो बिययमा विभिन्न सञ्चारमाध्यमदेखि ससदमा समेत पटक पटक कुरा उठाइरहेका छन्। यो बिषयमा शुक्रबार सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्रीले ध्यानाकर्षण भएको जनाएपनि ठोस जवाफ दिएका थिएनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: