Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कार्यकर्तालाई जागिर खुवाउने कार्यक्रम हटाउन खोज्दा फलेवासमा विवाद

खबरडबली संवाददाता

पर्वत । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमा ‘क्लिन फलेवास, ग्रिन फलेवास’ कार्यक्रममाथि प्रश्न उठाएको छ । पर्वतको फलेवास नगरपालिकाको अघिल्लो नेतृत्वले यो कार्यक्रमको लागि भनेर ११ वडामा १-१ जना र १ जना संयोजक भनेर १२ जनालाई नियुक्त गरेको थियो । उनीहरूको तलबभत्तामा मात्रै ०७८/७९ मा ३१ लाख ९४ हजार पाँच सय रुपैयाँ खर्च भएको छ ।

“ती कर्मचारीहरूको कार्य विवरण र त्यसले जनजीवनमा कस्तो प्रभाव पार्‍यो भन्ने विषय लेखापरीक्षणको क्रममा माग गर्दा पेस भएन,” प्रतिवेदनमा भनिएको छ, “सो कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण पेस हुन सकेन । साथै पालिकाको आन्तरिक स्रो न्यून रहेको अवस्थामा दरबन्दी बाहिर हुने गरी कार्यक्रम तर्फबाट कर्मचारी राख्न मिल्ने देखिँदैन ।”

महालेखाले नै आन्तरिक स्रोत कम भएका कारण कर्मचारीहरू नियुक्त गर्न उपयुक्त नभएको उल्लेख गरेको छ । फलेवास नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष अच्युत तिवारीले महालेखाले सुझाव दिएको विषय अनुसार नै यो कार्यक्रम रोक्नुपर्ने मागसहित सामाजिक सञ्जालमा लेखेका छन् ।

“फलेवास नगरपालिकामा यसअघि कार्यकर्तालाई जागिर खुवाउन भनेर क्लिन फलेवास, ग्रिन फलेवास कार्यक्रम ल्याइएको रहेछ । महालेखाको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनले यो कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएको छ । नगरपालिकाको वार्षिक झन्डै ३२ लाख रुपैयाँ रकम यसरी फजुल खर्च भैरहेको हुँदा यो कार्यक्रम रोक्न माग गर्दछु,” उनले लेखेका छन् ।

फलेवास नगरपालिकामा यसअगाडि एमालेले जितेको थियो । तत्कालीन नगरप्रमुख पदमपाणि शर्माको कार्यकालमा नै यो कार्यक्रम ल्याएर १२ जनालाई नियुक्ति दिइएको थियो ।

गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपछि अहिले नेतृत्व फेरिएको छ । कांग्रेसका गंगाधर तिवारी फलेवासको नगरप्रमुख बनेका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदै गर्दा उक्त कार्यक्रमलाई हटाउन धेरैको सुझाव आयो । कांग्रेसकै वडाध्यक्षदेखि सदस्य र जनप्रतिनिधिहरूले नै यो कार्यक्रम रोक्नुपर्ने माग गरेका थिए ।

तर, यही कार्यक्रम हटाउन खोज्दा फलेवास नगरपालिकामा विवाद भएको छ । अन्य पालिकाहरूले धमाधम नीति तथा कार्यक्रम र बजेट ल्याइरहँदा फलेवासमा भने कार्यकर्ताले जागिर खाएको कार्यक्रम राख्ने कि हटाउने विषयमा एमाले र कांग्रेसको कलह सुरु भएको छ ।आइतबार बिहान १२ बजेटका लागि बोलाइएको नगर सभामा एमाले र नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूबीच कार्यक्रम संशोधनको विषयमा विवाद हुँदा नगरसभा नै सुरु हुन सकेन ।

एमाले निकट जनप्रतिनिधिहरूले ुक्लिन फलेवास र ग्रिन फलेवास कार्यक्रमुलाई निरन्तरता दिनुपर्ने र कांग्रेस निकट जनप्रतिनिधिले हटाउनुपर्ने माग राखेपछि विवाद सिर्जना भएको हो । यही विवादका कारण फलेवासको नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ ।

पर्वतकै जलजला गाउँपालिकामा भने गणपुरक संख्या नै पुगेन । जसका कारण बजेट अधिवेशन स्थगित भएको छ । गाउँ सभामा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहे । जसका कारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो ।

४७ गाउँ सभा सदस्य रहेको जलजला गाउँपालिकाले बोलाएको गाउँसभामा १९ जना उपस्थित भएका थिए । गाउँ सभामा आर्थिक विधेयक, विनियोजन विधेयक, नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यतालिका थियो । पर्वतको जलजला गाउँपालिकामा नेकपा ९एमाले०को तर्फबाट निर्वाचित २७ जना गाउँसभा सदस्य बैठकमा अनुपस्थित भएका कारण गणपूरक संख्या पुग्न नसकेको पालिकाले जनाएको छ ।

कुश्मा नगरपालिमा पनि नगर सभाको नीति तथा कार्यक्रम र बजेटको विषयमा विवाद हुँदा नगर सभा सुरु नै भएको छैन । यहाँ पनि कांग्रेस र एमालेबीच नै विवाद छ ।

पर्वतका मोदी, विहादी र महाशिला गाउँपालिकामा गाउँसभा सम्पन्न भैसकेको छ । पर्वतको पैयुँ गाउँपालिकाले यसभन्दा अगाडि नै बजेट लिइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending