काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रकारिता क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ।
आलम एक साताअघि मस्तिष्क रक्तश्राव भएपछि पर्साको वीरगञ्ज र चितवनको भरतपुरका अस्पतालमा उपचाररत थिए। उपचार प्रयास असफल भएपछि उनी शुक्रबार आफ्नै निवास परवानीपुर गाउँपालिका–३, बारामा निधन भएको हो।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरका अनुसार आलम लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय थिए र प्रेस सेन्टर बाराका महत्वपूर्ण व्यक्तित्वका रूपमा परिचित थिए। उनका परिवारमा श्रीमती र तीन छोरी रहेका छन्।
संगठनले आफ्ना सदस्य आलमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, उहाँले देखाएका सपना पूरा गर्न सदैव प्रयासरत रहने प्रतिवद्धता जनाएको छ। महासचिव घर्तीमगरले भने, “उहाँको निधनले नेपाली पत्रकारितामा अपूरणीय क्षति पुर्याएको छ। प्रेस सेन्टर नेपाल र सम्पूर्ण पत्रकारिता समुदाय यस क्षतिबाट स्तब्ध छ।”
पत्रकार आलमले फोटो पत्रकारितामार्फत नेपाली पत्रकारितामा पुर्याएको योगदान र समर्पणका लागि प्रेस सेन्टर नेपालले उच्च सम्मान व्यक्त गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...
चैत्र १६ गते, २०८२ - १८:३५
इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ। कोशी प्रदेश सरका...
चैत्र १६ गते, २०८२ - १८:२९
रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना जारी गरेको छ। प्रदेश सभा सचिवालयले...
चैत्र १६ गते, २०८२ - १८:२७
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणस...
चैत्र १६ गते, २०८२ - १८:२४
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले ...
चैत्र १६ गते, २०८२ - १८:२०
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...
चैत्र १६ गते, २०८२ - १८:१६
नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...
चैत्र १६ गते, २०८२ - १८:१२
काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...



प्रतिकृया लेख्नुहोस्: