Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नेपाल रिपब्लिक मिडियाको आइपीओ आज बाँडफाँट, कतिले कति सेयर पाए ?

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ आज (सोमबार) बाँडफाँट भएको छ । यसमा ३ लाख ६१ हजार ९८९ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् भने यी मध्ये १ जनाले  ११ कित्ता सेयर हात पार्न सफल भएकाे छ । 

यो आइपीओका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकले आवेदन दिएकाेमा ७१ हजार १९८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्याटिलले जानकारी दिएकाे छ । बाँडफाँट कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठले गोलाप्रथा गर्ने बल तानेका थिए ।

कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरेकोे थियो । त्यस्तै, ५% ले हुने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४% ले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो । 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्ने छन् । साथै, नेपाल रिपब्लिक मिडियाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy