नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा आयात करिब १३ प्रतिशत र निर्यात करिब १० प्रतिशतले वृद्धि भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आवमा यस नाकाबाट ८७ अर्ब नौ करोड चार लाख ५३ हजार रुपियाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ७७ अर्ब ५७ करोड ७३ लाख ६२ हजार रुपियाँ बराबरको वस्तु आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात १० अर्ब रुपियाँभन्दा बढीले वृद्धि भएको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा नेपालगन्ज नाकाबाट तीन अर्ब ५१ करोड १० लाख ७८ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आवमा ३ अर्ब २० करोड ८२ लाख ५२ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गत आवमा निर्यात करिब ३१ करोड रुपियाँले बढेको हो ।
नेपालगन्ज नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेका तथा नदलेका दाल, कपडा, मकै, अन्य खाद्यान्न, चिनी, तरकारी तथा फलफूललगायत विभिन्न मेसिनरी सामान रहेका छन् ।
यसैगरी निर्यात हुने प्रमुख वस्तुमा जडीबुटी, खोटो (रोजिन), तार्पिन तेल, काजुको बोक्रा(हस्क), अदुवा, सुठो, खरेटोरकुचो, बहुमूल्य पत्थर, सिलाजित पेस्ट र सिमेन्ट रहेका छन् ।
भन्सार प्रमुख पौडेलका अनुसार खयर, कत्था, वनस्पतिजन्य सार, एसेन्सियल आयल, रिठ्ठा तथा नौनी घ्युको निर्यातसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ ।
उनले आयात–निर्यात दुवै बढे पनि राजस्व सङ्कलन भने अघिल्लो आवको तुलनामा केही घटेको बताए। गत आवमा नेपालगन्ज भन्सार कार्यालयले २० अर्ब ११ करोड ५५ लाख एक हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा भने २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १२:५४
सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य ब...
श्रावण ८ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धा...
श्रावण ८ गते, २०८३ - १२:२७
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघ...
श्रावण ८ गते, २०८३ - १२:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...
श्रावण ८ गते, २०८३ - १२:०९
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...
श्रावण ८ गते, २०८३ - ११:४२
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल...
श्रावण ८ गते, २०८३ - ११:१३
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले स्वकीय सचिवका लागि उपलब्ध गराउने तलबभत्ता तथा अन्य सुव...
श्रावण ८ गते, २०८३ - १०:५६
नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालय...
श्रावण ८ गते, २०८३ - १०:४४
झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ...
श्रावण ८ गते, २०८३ - १०:२६
सुलीकोट। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङकुनामा गएको ठुलो पहिरोका कारण घ्याम्पेसाल–देउराली–ताकु सडक १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ...



प्रतिकृया लेख्नुहोस्: