काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका मातहत कार्यालयका कर अधिकृतलाई बिहीबार सम्बोधन गर्दै उनले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ‘ग्रे लिस्ट’बाट बाहिरिने विश्वास व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध नियन्त्रणमा कर प्रशासनको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै यस्ता गतिविधिमाथि सूक्ष्म र प्रभावकारी निगरानी गर्न निर्देशन दिए।
उनले कर प्रशासनमा कार्यरत कर्मचारीको वृत्तिविकास उनीहरूको कार्यसम्पादन, व्यावसायिकता र राज्यलाई पुर्याएको योगदानका आधारमा मूल्याङ्कन गरिने बताए।
कर सङ्कलनका लागि दबाब वा त्रास सिर्जना गर्नेभन्दा स्वेच्छिक कर अनुपालनलाई प्रवर्द्धन गर्दै करदातालाई करको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिसम्बन्धी कुनै समस्या भए खुलस्त रूपमा जानकारी गराउन कर्मचारीलाई आग्रह गरे। राम्रो काम गर्ने र राज्यलाई लाभ पुर्याउने कर्मचारीलाई प्रोत्साहन गरिने पनि उनले स्पष्ट पारे।
उनले चालु आर्थिक वर्षको बजेटलाई अर्थतन्त्रको दीर्घकालीन सुधारको आधारका रूपमा बुझ्न आग्रह गर्दै आगामी चार आर्थिक वर्षका बजेटमार्फत सरकारले निर्माण गर्न चाहेको आर्थिक संरचनाको स्पष्ट आधार देखिने बताए।
बजेटमा घोषणा गरिएका कर छुटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना अभिवृद्धि गर्न तथा आर्थिक कारोबारलाई थप डिजिटल बनाउन आवश्यक सबै पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १७:२७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...
श्रावण ७ गते, २०८३ - १७:०५
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...
श्रावण ७ गते, २०८३ - १६:५३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...
श्रावण ७ गते, २०८३ - १६:४९
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...
श्रावण ७ गते, २०८३ - १६:४५
काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...
श्रावण ७ गते, २०८३ - १६:०९
इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...
श्रावण ७ गते, २०८३ - १६:०२
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...
श्रावण ७ गते, २०८३ - १५:३६
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...
श्रावण ७ गते, २०८३ - १५:२१
काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...



प्रतिकृया लेख्नुहोस्: