म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायात पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो ।
यो गाउँ पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा यात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरिया मार्फत सामान ढुुवानी गर्नुपर्छ।
यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्य भन्दा अघिनै सकिएको छ। ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्य अघि नै सम्पन्न भएको हो।
धवलागिरी–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजीकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताए। ‘सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रो जस्तो विकट ठाउँको काम निर्धारित समय अगावै सकिएको छ’, उनले भने, ‘सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ ।’
५० लाख रुपैयाँ लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरी गाउँपालिका र बेनीको बीएण्डडी निर्माण सेवाबीच २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो। ४४ लाख ७८ हजार ११२ मा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो।
निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गतेनै सम्झौता अनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए। काम शुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उनले बताए। साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँदेखि गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार ४८० मिटर मुख्य पाइपलाइन बिछ्याइएको छ।
लुलाङ देखि खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रड लगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो। २५ हजार लिटर क्षमताको रिजर्भ ट्यांकी पनि निर्माण भएको छ। इन्टेक, मुख्य पाइपलाइन र टंकीको परीक्षण सफल भएको छ।
गुर्जाका करिब २५० घरधुरीलाई निजी धारा मार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो। यो आयोजनाबाट गुर्जाको देउराली बस्ती बाहेकका सबै घरमा खानेपानी पुग्नेछ।
शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्य अघि नै सम्पन्न भएको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: