Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

झन्झटिलो ठेक्का प्रक्रियाले पुँजीगत खर्च बढेन

खबरडबली संवाददाता

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० सकिन दुई हप्ता बाँकी छ। अहिलेसम्म पुँजीगत खर्च आधा भएको छैन। महालेखा परीक्षक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार हालसम्म पुँजीगत खर्च ४२.६१ प्रतिशत मात्र भएको छ। सरकारले चालू आर्थिक वर्षमा पुँजीततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख खर्च गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म एक खर्ब ६२ अर्ब आठ करोड ६७ लाख रुपियाँ मात्र खर्च भएको छ।

अघिल्ला आर्थिक वर्षमा पुँजीगततर्फ लक्ष्य राखिएको मध्ये करिब ६० प्रतिशत हाराहारीमा  खर्च हुने गरेको थियो। आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम धमाधम भइरहेकाले यो वर्ष पुँजीगत खर्च ६० प्रतिशतकै हाराहारीमा पुग्ने देखिन्छ। 

चालू खर्च ११ खर्ब छुट्याउँदा पुँजीगत खर्च मात्र तीन अर्ब छुट्याइएको छ। अन्तिम महिना भएकाले अहिले धमाधम विकासका काम भइरहेका छन्। पूँजीगत खर्च बढाउन सके देशको लागि राजश्व संकलनमा मद्दत पुग्नुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने अर्थविद्को भनाइ छ। 

अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार प्राथमिकताका क्षेत्रको पहिचान नै नगरी पुँजीगत खर्च तोक्ने परिपाटी भएकाले पुँजीगततर्फ अपेक्षा गरेअनुसार खर्च हुन सकेको छैन। बजेट निर्माण र कार्यान्वयन गर्ने निकायको तालमेल कमजोर हुँदा असर परेको उनको भनाइ छ। कतिपय डीपीआर नभएका आयोजनाको लागि बजेट विनियोजन हुँदा पुँजीगत तर्फको खर्च कम भएको उनले बताए । 

यस्तै, अर्थविद् विजयनाथ भट्टराईका अनुसार समयमै टेण्डर र ठेक्का प्रक्रिया गर्न नसकेकाले पुँजीगत खर्च बढी हुन सकेको छैन। अर्का अर्थविद् चिरञ्जीवी नेपाल ठेक्का प्रक्रियालाई पुँजीगत खर्च कम हुनेको कारण मान्छन् । ठेक्का प्रक्रिया नभएसम्म विकास आयोजना निर्माण नहुने तर यो प्रक्रिया लम्बेतान हुँदा पुँजीगत खर्च कम भएको उनको भनाइ छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: