काठमाडौं । बेलारूसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोले मस्कोको सेना र रूसमा विद्रोह गर्ने वाग्नर भाडाको समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताएका छन्।
आफ्ना रूसी सहयोगी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि मध्यस्थता गरेको तीन दिनपछि लुकासेन्कोले उक्त कुरा बताएका हुन्।
वाग्नर र रूसी सेनाबीचको विवाद महिनौंसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले जर्नेलहरूविरुद्ध कडा टिप्पणी गरेका थिए।
लुकाशेन्कोले भने, “हामीले सहज परिस्थितिलाई गुमायौं र सोच्यौँ यो आफैँ समाधान हुनेछ, तर त्यसो हुन सकेन । मोर्चामा लडेका दुई व्यक्ति आपसमा लडेका थिए, यस मामिलामा कुनै नायक छैनन्।”
रूसी समूहबीच मध्यस्थकर्ताका रुपमा हेरिएका पुटिनले पनि द्वन्द्वलाई राम्रोसँग वा समयमा सम्बोधन नगरेको भन्दै उक्त आरोप लगाइएको थियो ।
पर्यवेक्षकहरूले रूसका केही ‘सिलोभिकी’ अर्थात् रूसको सुरक्षा संयन्त्रका सदस्य र उनीहरूका नजिकका व्यक्तिहरू पनि पुटिनसँग असन्तुष्ट हुने बताएका छन् ।
लुकाशेन्कोको मध्यस्थतामा भएको सम्झौताअनुसार प्रिगोजिन बेलारुस जाने अपेक्षा गरिएको छ । तर बेलारुसका शक्तिशाली नेताले प्रिगोजिनको स्थान भने खुलाएका छैनन्।
रूसी नेता पुटिनले वाग्नर लडाकुलाई बेलारुस जाने वा नियमित रूसी सेनामा सामेल हुने अवसर पनि दिइने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: