मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका–६ का कृषक सन्तोष बोहोराले व्यावसायिकरूपमा कालिजपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्। आफ्नै देशमा केही कृषिकर्म गर्ने सोचले २९ वर्षीय सन्तोषले हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरी व्यावसायिकरूपमा कालिजपालन गरेका हुन्।
कालिजपालनबाट अहिले खर्च कटाएर मासिकरूपमा एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको सन्तोषले बताए। उनले कालिजका लागि सम्भावना तथा बजारको अवस्था राम्रो रहेको उल्लेख गरे।
सुरूमा ब्रोइलर कुखुरापालन गर्नुभएका सन्तोषले यसबाट राम्रो आम्दानी हुन नसकेपछि बैंकको जागिर छाडेर रू १० लाख ऋण लगानीबाट कालिजपालन गर्नुभएको थियो। एक सय ५० वटा कालिजबाट सुरू गरेको फार्ममा अहिले एक हजार पाँच सय कालिज छन्।
सन्तोषले भने, “आम्दानीको हिसाबले राम्रो रहेको कालिजपालन व्यवसायको बजारीकरणमा कुनै समस्या छैन।”
नेपाल सरकारले व्यावसायिक कालिजपालनलाई अनुमति दिएको चाल पाएर कृषिमा केही राम्रो काम गर्छु भन्ने सोचले अगाडि बढेको सन्तोषले उल्लेख गर्नुभयो। व्यावसायिकरूपमा विगत चार वर्षदेखि कालिजपालन गर्दै आउनुभएका सन्तोषले आफ्नै फार्ममा ह्याचिङ गरी चल्ला उत्पादन गरेर बजारमा अण्डा तथा मासु पनि बिक्रीवितरण गर्दै आएका छन्।
“स्थानीय बजारका साथै विराटनगर, झापा, तेह्रथुम, ताप्लेजुङ, धरान धनकुटालगायत कोशी प्रदेशभरि कालिजको बजार विस्तार गर्न सफल भएको छु”, उनले भने, “फार्ममा स्थानीय केही कामदारले रोजगारीसमेत पाउन सफल भएका छन्। एशियन मुलुकबाहेक युरोपको विभिन्न देशमा अहिले व्यावसायिक कालिजपालन फस्टाएको छ।”
कालिजपालनका लागि खासै तापक्रमले प्रभाव पार्न नसक्ने उनको अनुभव रहेको छ। “जहाँको मौसममा चल्ला उत्पादन गरियो त्यही मौसम तथा घामपानीमा कालिज पाल्दा उपयुक्त हुन्छ”, उनी बताउँछन्। कालिजपालन फरक व्यवसाय भएकाले यसबाट आत्मसन्तुष्टि मिल्नुका साथै आम्दानीको स्रोत बलियो बनेको उनले उल्लेख गरे।
“कालिज आठरनौ महिनामा बिक्री योग्य हुनेछ। स्वास्थ्य कालिजको तौल दुई केजीसम्म हुन्छ, पोथीले नौ महिना पुगेपछि अन्डा पार्न थाल्छ”, सन्तोषले भने, “बजारमा कालिज होलसेल भालेपोथी जोडीको रु चार हजारदेखि खुद्रा भाले जोडीको रु पाँच हजार तथा अन्डा रू ८० सम्ममा बिक्री हुन्छ।” आफ्नो पाँच कट्ठा जग्गामा कालिजपालन गरेको जानकारी दिँदै उहाँले फार्ममा रू ४० लाख लगानी गरी सुरूआतको ऋण यसैबाट तिर्न सफल बताए। विदेश जाँदाको लगानी तथा मेहनत युवाले स्वदेशमै गर्दा राम्रो हुने बताउँछन्।
नेपालमा पछिल्ला दिनमा कुखुरा, हाँस, अष्ट्रिजलगायतका पक्षीको पालन गरिने पुरानै व्यवसाय भएको भए पनि कालिजलाई नौलो व्यवसाय मानिन्छ। नयाँ व्यवसायका रूपमा युवा किसानले व्यावसायिक कालिजपालन गरेर आफ्नो ठाउँलाई नै चिनाउने काम गरेको मिक्लाजुङ–६ का वडाध्यक्ष खडीबहादुर मगरले सुनाउनुभयो। उनले इच्छाशक्ति भए जुनसुकै राम्रो काम र व्यवसाय गरेर स्वदेशमै आम्दानी गर्न सकिने जनाउँदै सन्तोषलाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: