Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

मन्त्रालय घटेपछि अब कर्मचारी कटौतीको तयारी, २५ हजार दरबन्दी जोखिममा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले मन्त्रालय संख्या घटाएर २१ बाट १७ मा झारेपछि अब कर्मचारी दरबन्दीमा पनि ठूलो कैंची चलाउने तयारी गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका झण्डै २५ हजार कर्मचारी दरबन्दी कटौती हुन सक्ने संकेत देखिएको छ ।

सरकारले केही मन्त्रालय गाभ्ने, केही खारेज गर्ने र नयाँ कार्यविभाजन नियमावली लागू गरेसँगै कर्मचारी संरचनामा व्यापक पुनरावलोकन सुरु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेर मन्त्रालय पुनर्संरचना र दरबन्दी समीक्षा प्रक्रिया अघि बढाइसकेको छ ।

सरकारी विश्लेषणअनुसार अहिले तीनै तहका सरकारमा करिब २० प्रतिशत दरबन्दी अनावश्यक रहेको निष्कर्ष निकालिएको छ । यही आधारमा संघदेखि स्थानीय तहसम्म कर्मचारी संख्या घटाउने तयारी भइरहेको स्रोत बताउँछ ।

राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार अहिले देशभर कुल १ लाख ३२ हजार ७ सय ३४ स्वीकृत दरबन्दी छन् । जसमध्ये संघमा ६१ हजार ८ सय ३७, प्रदेशमा ५ हजार ३ सय ४१ र स्थानीय तहमा ६५ हजारभन्दा बढी दरबन्दी कायम छन् ।

यदि सरकारले २० प्रतिशत कटौती योजना लागू गर्‍यो भने २५ हजारभन्दा बढी पद हट्न सक्ने अनुमान गरिएको छ ।

सरकारले यसअघि नै संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि राष्ट्रिय मापदण्ड तयार गरेर लागू गरिसकेको छ । सोही आधारमा प्रदेश र स्थानीय तहलाई पनि “अनावश्यक दरबन्दी” पहिचान गरेर कटौती प्रस्ताव पठाउन भनिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी खर्च घटाउने नीति लिँदै प्रशासनिक संरचना ‘स्लिम’ बनाउने संकेत दिइरहेका बेला यो कदमलाई त्यसैको निरन्तरता मानिएको छ । अब मन्त्रालय मात्रै होइन, केही विभागसमेत खारेजी वा गाभिने तयारीमा रहेको स्रोतको दाबी छ ।

तर कर्मचारी कटौतीको चर्चा सुरु भएसँगै निजामती वृत्तमा त्रास फैलिएको छ । कर्मचारी संगठनहरूले भने अध्ययनबिनाको कटौतीले सेवा प्रवाह प्रभावित हुन सक्ने चेतावनी दिन थालेका छन् । सरकार भने “थप प्रभावकारी र कम खर्चिलो प्रशासन” बनाउने दाबी गर्दै पुनर्संरचनाको काम तीव्र बनाइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

हुम्लामा बढ्न थाले कैलाश यात्रु, चार दिनमै १ सय ६९ तीर्थयात्री सिमकोट पुगे

काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...

मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...

प्रिमनसुनमै झन्डै तेब्बर वर्षा, मनसुनमा खडेरीको चिन्ता

काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...

‘मदन भण्डारी सम्झँदा नेता मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको पीडा हुन्छ’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...

भारतले चिनी रोकेपछि नेपालमा त्रास, सरकार भन्छ– ‘८ महिनालाई पुग्ने मौज्दात छ’

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending