काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटमा सुपरसिक्स अन्तर्गतका खेल आज सुरु हुँदैछन् । सुपरसिक्समा परेका टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष स्थानमा रहन सफल हुने दुई टोलीले आगामी विश्वकपमा स्थान बनाउने छन् ।
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ । जिम्बावेमा जारी छनोट खेलमा आज समूह ए को विजेता जिम्बावे र समूह बीमा तेस्रो बनेको ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुई टोलीबीचको खेल बुलावायो मैदानमा नेपाली समयअनुसार दिउँसो पौने एक बजे सुरु हुँदैछ ।
दुवै टोली विश्वकप छनोटको लक्ष्यसहित मैदान उत्रिँदैछन्। समूह ए को विजेता जिम्बावेले चारवटै खेल जितेर समूह विजेता बन्दा उसले पराजित गरेका दुई टोली सपुर सिक्समा परेका छन् भने दुई टोली बाहिरिएका छन् । जसअनुसार जिम्बावेलाई आगामी यात्राका लागि ४ अंकको साथ रहनेछ। समूह बीको ओमानले दुई खेल जितेर सुपर सिक्समा स्थान बनाएको हो ।
उसले पराजित गरेका दुवै टोली सुपरसिक्समा नपर्दा उ आगामी यात्राका लागि अंकविहीन छ । त्यसैले उसले आजको खेलमा जिम्बावेलाई पराजित गरी विश्वकप छनोटको यात्रा बलियो बनाउन चाहन्छ ।
सुपरसिक्समा नपरेका टोली नेपाल, अमेरिका, आयरल्याण्ड र युएईले भने प्लेअफका खेल खेल्दैछन् । सातौँदेखि १०औँ स्थानका लागि हुने प्रतियोगित भोलि सुरु हुँदैछ । जसमा नेपालको पहिलो प्रतिद्वन्द्वी युएई रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १६:३३
काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...
आश्विन ५ गते, २०८१ - १६:३०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...
आश्विन ५ गते, २०८१ - १६:२३
नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...
आश्विन ५ गते, २०८१ - १६:०९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...
आश्विन ५ गते, २०८१ - १६:०८
काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ । जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...
आश्विन ५ गते, २०८१ - १४:२९
रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...
आश्विन ५ गते, २०८१ - १४:२५
ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...
आश्विन ५ गते, २०८१ - १४:२१
काठमाडौं । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...
आश्विन ५ गते, २०८१ - १४:०९
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...
आश्विन ५ गते, २०८१ - १४:०८
काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...
प्रतिकृया लेख्नुहोस्: