Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

आईसीसी विश्वकप छनोट अन्तर्गत आज सुपर सिक्सका खेल सुरु हुँदै

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटमा सुपरसिक्स अन्तर्गतका खेल आज सुरु हुँदैछन् । सुपरसिक्समा परेका टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष स्थानमा रहन सफल हुने दुई टोलीले आगामी विश्वकपमा स्थान बनाउने छन् । 

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ । जिम्बावेमा जारी छनोट खेलमा आज समूह ए को विजेता जिम्बावे र समूह बीमा तेस्रो बनेको ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुई टोलीबीचको खेल बुलावायो मैदानमा नेपाली समयअनुसार दिउँसो पौने एक बजे सुरु हुँदैछ ।

दुवै टोली विश्वकप छनोटको लक्ष्यसहित मैदान उत्रिँदैछन्। समूह ए को विजेता जिम्बावेले चारवटै खेल जितेर समूह विजेता बन्दा उसले पराजित गरेका दुई टोली सपुर सिक्समा परेका छन् भने दुई टोली बाहिरिएका छन् । जसअनुसार जिम्बावेलाई आगामी यात्राका लागि ४ अंकको साथ रहनेछ। समूह बीको ओमानले दुई खेल जितेर सुपर सिक्समा स्थान बनाएको हो । 

उसले पराजित गरेका दुवै टोली सुपरसिक्समा नपर्दा उ आगामी यात्राका लागि अंकविहीन छ । त्यसैले उसले आजको खेलमा जिम्बावेलाई पराजित गरी विश्वकप छनोटको यात्रा बलियो बनाउन चाहन्छ । 

सुपरसिक्समा नपरेका टोली नेपाल, अमेरिका, आयरल्याण्ड र युएईले भने प्लेअफका खेल खेल्दैछन् । सातौँदेखि १०औँ स्थानका लागि हुने प्रतियोगित भोलि सुरु हुँदैछ । जसमा नेपालको पहिलो प्रतिद्वन्द्वी युएई रहेकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यको अदृश्य यथार्थ उजागर गर्ने ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...

टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश

काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका न...

एम्बुलेन्सबाट निकालेर घाइतेको हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महत...

बरास्कोटको नयाँ अभ्यास : ज्येष्ठ नागरिक र अपाङ्गता भएका लाभग्राहीलाई घरमै सामाजिक सुरक्षा भत्ता

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ...

डिएपीको माग बढ्यो, युरियाको खपत घट्यो : पाल्पामा बदलिँदै किसानको मल प्रयोगको प्रवृत्ति

पाल्पा । पाल्पामा पछिल्ला केही वर्षयता डिएपी (डाइ–अमोनियम फस्फेट) मलको माग निरन्तर बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दै गएको तथ्यांकले देखाएक...

तरुण दल खोटाङमा अध्यक्षसहित ४० जनाको सामूहिक राजीनामा

खोटाङ । नेपाल तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजीमान राईसहित ४० जना युवा नेताले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन्। जिल्ला खेलकुद विकास समितिको...

देशभर मनसुनी प्रभाव, बागमती–गण्डकी–लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (बिहीबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उ...

भरुवा बन्दुक देखाएर वृद्धालाई धम्क्याउने दुई दाजुभाइ पक्राउ

खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...

सुस्ता जोगाउन गोली थापेका मुन्ना खान नागरिकताका लागि सडकमा

काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending