जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस र तरुण दलको केन्द्रीय प्रतिनिधि छनोट प्रक्रियामा मनोमानी भएको आरोप लगाउँदै उनीहरूले पद त्याग गरेको बताएका हुन्।
असार १७ गते नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष राईले आफूंसहित जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएको जानकारी दिए।
राजीनामा दिनेमा जिल्ला उपाध्यक्ष सनम राई (जोजो), सचिव कविन राई, कोषाध्यक्ष भरत राईसहित जिल्ला कार्यसमितिका ४० जना नेता–कार्यकर्ता रहेका छन्।
त्यस्तै, जिल्ला सदस्यहरू अमित राई, सन्तोष राई, विकास श्रेष्ठ (प्रकाश), सुरेश गुरुङ (किमजोङ), वीरेन गुरुङ, समीक्षा कार्की, सविन राई, प्रविण केसी, देवकुमारी मुग्राती, शुभकाजी राई, विप्लव उदास, पार्वती थापा, बुद्धिबोल राई, सुमन गुरुङ, अरुण श्रेष्ठलगायतले पनि पदबाट अलग भएको घोषणा गरेका छन्।
राजीनामा दिएका नेताहरूले संगठनभित्र निर्णय प्रक्रिया पारदर्शी र विधिसम्मत हुनुपर्ने माग गर्दै नेतृत्वले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाएका छन्। उनीहरूको सामूहिक राजीनामाले खोटाङमा तरुण दलको संगठनात्मक गतिविधिमा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...
आषाढ़ १८ गते, २०८३ - ०७:०४
काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका न...
आषाढ़ १८ गते, २०८३ - ०६:५८
काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महत...
आषाढ़ १८ गते, २०८३ - ०६:५६
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ...
आषाढ़ १८ गते, २०८३ - ०६:५२
पाल्पा । पाल्पामा पछिल्ला केही वर्षयता डिएपी (डाइ–अमोनियम फस्फेट) मलको माग निरन्तर बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दै गएको तथ्यांकले देखाएक...
आषाढ़ १८ गते, २०८३ - ०६:४८
खोटाङ । नेपाल तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजीमान राईसहित ४० जना युवा नेताले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन्। जिल्ला खेलकुद विकास समितिको...



प्रतिकृया लेख्नुहोस्: