Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

काठको बाकस

डिपी जैसी

पशुपतिको वागमती तिरमा हिँडिरहेको थिएँ । पछाडिबाट एउटा आवाज आयो ।  'अंकल!' मलाई नै बोलाएको जस्तो लागेर फर्केर हेरेँ । तर त्यहाँ कोहि पनि थिएन । म सरासर अगाडि बढेँ ।

'ओ डिपी अंकल' ! फेरी आवाज आयो । नाम नै लिएर बोलाएपछि अडिएर सुनेँ । त्यहाँ एउटा काठको बाकस बाहेक अरु कोही पनि थिएन ।  'अंकल, म बाकस भित्रबाट बोल्दैछु । मेरो कुरा सुन्नुस् न !' आवाजले स्पष्ट पार्दै भन्यो ।
श्मशानघाटमा भुत प्रेत हुन्छन् भन्थे । कुनै भूत प्रेत पो हो कि भनेर डर पनि लाग्यो । तर बिस्तारै बिस्तारै बाकस छेउमा पुगेँ ।

आवाजले छेउमा बस्न भन्यो ।  म बाकस छेउमा बसेँ । उसले आफ्नो कुरा शुरु गर्नु भन्दा पहिले मैले एउटा प्रश्न सोधेँ । तिमीले मलाई कसरी चिन्यौ ?

उसले भन्यो, 'हजुरले पनि मलाई चिन्नुहुन्छ अंकल । मेरो नाम रमेश हो । हजुरले र मैले दुबइ मेट्रोमा सँगै काम गरेका थियौँ । मेट्रोको काम सकिएपछि हजुर नेपाल फर्किनु भयो तर म चाँही अर्को कम्पनी ज्वाइन गरेर त्यहीँ बसेँ ।'

मैले दुबइ छोडेको निकै बर्ष भइसकेको थियो । तर पनि कतिपय मानिसहरुले मनमा कहिल्यै पनि नबिर्सने अमिट  छाप छोडेर गएका हुन्छन् । मैले दिमागलाई थोरै बल दिएर सोचेँ । रमेशको अनुहार आँखा अगाडि आयो । काममा लगनशील थियो । सहयोगी थियो । सबैले मन पराउँथे । 

नजिकै घाटमा जलिरहेको एउटा लास तर्फ संकेत गर्दै उसले भन्यो, 'ऊ त्यो पर जुन लास जल्दैछ नी अंकल, त्यो मेरो लास हो । नजिकै बसेर रोइरहनु भएको साठी वर्षे बृद्ध हुनुहुन्छ नी ! वहाँ मेरो बा हो । त्यो टाउकोमा सेतो टालो लगाएको मेरो छोरो हो । बल्ल दश बर्षको भयो । घरमा एउटी श्रीमती र पाँच बर्षे छोरी छन् ।  म घरको एक्लो सन्तान । मलाई जन्म दिएको एक हप्ता पनि नपुग्दै मलाई दुधे टुहुरो बनाएर आमा बित्नुभएको रे ! बा ले नै मलाई हुर्काउनु भएको हो । घरको ऋण तिर्न भनेर दुबइ गएको थिएँ ।  स्काफोल्डर थिएँ ।‌ चर्को गर्मीमा फलाम तातेर स्काफोल्डिङको 'लेजर' समाउन निकै गाह्रो हुन्थ्यो ।

तर पनि लगनशील भएर काम गरेको थिएँ । मेरो काम देखेर सबैले मलाई मन पराउँथे । अंकलसँग काम गर्दा मलाई निकै सजिलो भएको थियो । बिदेशमा भएपनि मैले एउटा अभिभावक पाएजस्तो भएको थियो । अंकलले बेलाबेलामा दिएको अर्तीले मलाई काम गर्ने जाँगर चल्थ्यो । बा लाई मेरो ठूलो आधार थियो । दैव पनि सोझोलाई नै लाग्दो रहेछ अंकल । आज परिवारलाई एक्लो पारेर म हिँडे । पन्ध्र बर्ष काम गरेर बल्ल बल्ल साहुको ऋण तिरेको थिएँ ।‌ कसरी बाँच्नु हुन्छ होला मेरो बा ! कसरी बाँच्छिन मेरी शीलु ! कसरी बाँच्छन् मेरा छोराछोरी ! मेरो आत्माले कहिल्यै शान्ति नपाउने भयो अंकल ! दुनियामा कुनै पनि बालाई काँधमा आफ्नो छोराको अर्थी उठाउन नपरोस् अंकल ! कुनै पनि छोराछोरीलाई बालापनमा टुहुरो हुन नपरोस्! कुनै शीलुहरुलाई लाउँलाउँ खाउँखाउँको उमेरमा विधवा हुन नपरोस्!' यति भनेर उसले लामो सास फेर्यो ।

मलाई निकै नरमाइलो लागिरहेको थियो । दुबइ मेट्रो मा काम गर्दाका क्षणहरु सम्झेँ ।  मैले सोधेँ, 'अनि बाबुलाई कसरी यस्तो भयो ।'

उसले भन्दै गयो, दुबइको गर्मी कस्तो हुन्छ भनेर अंकललाई त थाहै छ नी ! जहिले पनि शिवरात्री को धुनी तापे जस्तो । बाहिरको तापक्रम पचास भन्दा माथी थियो । पचपन्न डिग्री सेन्टिग्रेड जति अनुभव हुन्थ्यो । त्यो दिन बिहानैदेखि हाम्रो गाउँमा पुस माघमा लाग्ने हुस्सु जस्तै बाटो नै नदेखिने गरि वाफ उडिरहेको थियो । यस्तो बेलामा हावामा आर्द्रता धेरै भएर होला गर्मीको साथसाथै उखुम पनि खुप हुन्छ । स्वास फेर्नै गाह्रो हुन्छ । हजुरलाई त थाहा नै छ अंकल । शरिरबाट निस्कने पसिनाले कपडा भिज्ने बित्तिकै सुकिहाल्थ्यो। 

पसीनाको पानी सुकेपछि पसीनामा मिसिएको नुन जति कपडामै टाँसिएर कपडा सेताम्मे हुन्थ्यो । शरिरको पानी सकिएर होला छिनछिनमा पिँडौँला फर्किन्थे । त्यो दिन पनि यस्तै यस्तै भएको थियो । म र साथीहरु दिउँसोको सिफ्ट सकेर क्याम्पमा फर्किएका थियौँ । क्याम्पको एउटा कोठा यस्तै दश बाई दशको थियो होला । कोठामा तीनवटा दुइतल्ले खाट थिए । हामी छ जना त्यहाँ बस्थ्यौं । म खाटको माथिल्लो भागमा सुत्थेँ । दिनभरिको गर्मीले आत्तिएर नुहाउन गएको थिएँ ।‌ पानी पनि तातो थियो । 

जेनतेन गरेर नुहाएँ । नुहाएर रुममा फर्किँदा साथीहरुले कोठाको एसी चौध पन्ध्र डिग्रीमा लगाएका रहेछन् । शरिर चिसो भयो । सबैजना सँगै बसेर एक एक क्यान बियर पनि खाइयो । अघिपछि भन्दा त्यो दिन मलाई बियर बढी लागे जस्तो भएको थियो । मेसमा गएर खाना खायौँ । खाना खाँदाखाँदै मलाई छातीमा केही असहज भएजस्तो लाग्यो । रुममा गएर सुतेँ । त्यसपछि त सुतेको सुतै भएँ । भोलीपल्ट बिहान साइट जानेबेला सम्म पनि म नउठेपछि साथीहरुले थाहा पाएर हस्पिटलमा लगे । डाक्टरले मलाई मृत घोषित गर्यो ‌। मृत्युको कारण चाँही हृदयघात रहेछ ‌।

मैले उसलाई शान्त्वना दिन खोजेँ । फेरी सम्झेँ, मरेको मान्छेलाई के शान्त्वना दिनु । उ त सकिई सक्यो नी । तर पनि उसको आत्माको शान्तिका लागि भनेँ, 'यो संसारको रित नै यही हो रमेश;  भगवानलाई पनि राम्रो मान्छे चाहिने रहेछ; तिमी राम्रो थियौ त्यसैले हामीलाई भन्दा तिमीलाई पहिला लिएर गए ।'

मेरो कुरा उसलाई चित्त बुझ्यो कि बुझेन  थाहा भएन । लामो सास फेर्दै उसले आफ्नो दुखेसो पोख्दै भन्यो, 'अंकल हामीले खाडिको पचपन्न डिग्री सेल्सियस तातो बालुवामा पाइताला पोलेर, आफ्नो ज्यानको बाजी थापेर, रगत पसीना बगाएर  देशमा बिदेशी मुद्रा पठाउँछौँ तर यहाँ त त्यो बिदेशी मुद्रामा लुट हुँदो रहेछ । हामीले पठाएको बिदेशी मुद्राबाट महँगा महँगा गाडि किनिँदा रहेछन्, महँगा महँगा बिदेशी रक्सी किनिँदा रहेछन् ।

कृषि प्रधान देश भनेर के गर्नु खाद्यान्न आयात गरिँदो रहेछ । नुनदेखि लिएर सुनसम्म सबै कुरा किन्न बिदेशी मुद्रा चाहिने रहेछ । त्यो सबै हामीले रगत पसिना बगाएर पठाएको बिदेशी मुद्राबाट किन्ने त हो नी ! अन्तराष्ट्रिय बजारमा नेपाली नोट नचल्ने रहेछ । यस्तो दुर्लभ बिदेशी मुद्राको दुरुपयोग भएको देख्दा कसलाई दुख नलाग्दो हो अंकल  !

मैले उसको कुरामा सहमती जनाउँदै भनेँ, 'तिम्रो कुरा एकदम मनासिव हो रमेश । कुनै दिन कुनै सरकारले त बुझ्ला नी कुरो । सधैँ यस्तो त किन होला र !'

नजिक चितामा जलिरहेको लास जलेर खरानी भइसकेको थियो । उसले भन्यो, 'ल त अंकल अब मेरो जाने बेला भयो । मेरो कुरा सबैलाई सुनाइदिनु होला ।'

काठको बाकसबाट चरा उडेजस्तो 'भुर्र' को आवाज आयो । एउटा तेजिलो आकृति आकाशतर्फ उडेर गयो । 
मैले 'रमेश रमेश' भनेर दुइ पटक बोलाएँ । काठको बाकस मौन थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यरातमा भुकम्पको धक्का

काठमाडौं ।मध्यरातमा  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति १०:५० बजे काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो । ...

साक्षरता कार्यक्रमले शिक्षकलाई नयाँ दिशा प्रदान, बालबालिकामा पढ्ने रुची विकास

सल्यान । सामुदायीक विद्यालयमा प्रारम्भीक कक्षाको पढाई सुधार गर्न सल्यानमा साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  यो कार्यक्रम विशेष गरी कक्ष...

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको शुभारम्भ

काठमाडौं। विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ।  बिहीबार काठमाडौंमा आय...

राष्ट्रिय प्रसारण लाइनमा जोडियो १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना

काठमाडाैं । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्...

नेप्सेले सर्वाजनिक गर्यो धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नामावली (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)हरुका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्...

एउटै वडाबाट तीन करोडको सिमी उत्पादन

जुम्ला ।  जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष रु तीन करोड बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले ...

ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

काठमाडौं। ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपा...

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत

दाङ ।  दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो। उनले यो पेसा गर्न थालेको आठ वर्ष भयो। विगत लामो समयदेखि गर्दै आएक...

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

काठमाडौं । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम अस...

डेढ करोडको बैंकिङ कसुर आरोपमा महिला पक्राउ

काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–९ कि ३९ वर्षीया विष्णुम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy