Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

डा रवी महत, श्वासप्रश्वास रोग विशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी
डा रवी महत, श्वासप्रश्वास रोग विशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ यो वर्षसबैलाई स्वच्छ हावा स्वस्थ फोक्सो भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको यस लेखमा फोक्सोले कसरि काम गर्छ फोक्सोलाई कसरि स्वस्थ राख्ने  तरिकाहरुको बारेमा संछिप्तमा जानकारी गराउने प्रयास गरिएको

साँस फेर्ने प्रक्रिया

साँस फेर्दा, हामी नाक वा मुखबाट हावा लिन्छौ। यो हावा नासिका मार्ग वा मुखबाट स्वासका नलीहरु हुदै फोक्सोमा पुग्छ। फोक्सोका सानो एयर स्याकहरू, जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन कार्बन डाइअक्साइडको आदानप्रदान हुन्छ। रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ कार्बन डाइअक्साइडलाई वायुमार्गबाट नाक वा मुखबाट निस्किन्छ।

फोक्सो आफैंले साँस तान्न सक्दैन। साँस फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम छातीका मांसपेशी (इन्टरकोस्टल मांसपेशीहरू) पर्छन्। डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो। यसले फोक्सोलाई फुल्न खुम्चन मद्दत गर्दछ। इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन यी मांसपेशीहरूले छातीको केजलाई फुल्न खुम्चन मद्दत गर्दछ। यिनै मम्सपेसीहरुको मद्दतले हामी स्वास फेर्छौ

फोक्सोका महत्वपुर्ण  कार्यहरु

    अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउने: फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ। सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ शरीरमा उत्पन्न भएको कार्बन डाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ रक्तसञ्चारको शुद्धिकरण गर्छ।

    रोग प्रतिरोधात्मक क्षमता: फोक्सोमा साना रौ जस्ता सिलिया हुन्छन्, जसले धूलो, किटाणु अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ।

    ध्वनि उत्पादन: फोक्सोले नाक मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वर यन्त्र (larynx) मा ध्वनि उत्पादनमा सहयोग पुर्याउँछ।

    अम्ल-क्षारको  सन्तुलन राक्दछ

हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ एक मिनेटमा देखि लिटर २४ घण्टामा ११००० लिटर जति हावा लिन्छौँ प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ वायु प्रदुषण, जलवायु परिवर्तन जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका विरामी दिन प्रतिदिन बढ्दै गएका छन् जसका कारण विशेष गरि दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको  

फोक्सोका महत्वपूर्ण रोगहरू:

दम (सीओपीडी/ आस्थ्मा): यो एक दीर्घकालीन समस्या  हो। एसका लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीटी बज्ने छातीको  दुखाइ आदि पर्दछन

फोक्सोको क्यान्सर: फोक्सोको क्यान्सर एक गम्भीर रोग हो जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन्। धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो।

निमोनिया: निमोनिया फोक्सोको संक्रमण हो। यो विभिन्न कारणले हुन सक्छ, जस्तै ब्याक्टेरिया, भाइरस वा फङ्गस। निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ सास फेर्न गाह्रो हुने समावेश छ।

क्षयरोग(टीबी): यो एक संक्रामक रोग हो, यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ। एसले मुख्यतया फोक्सो शरीरका अन्य अंग हरुमा संक्रमण गर्दछ। 

फोक्सोलाई स्वस्थ राख्ने रोग लाग्नबाट बचाउने केहि सरल उपाएहरु

प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू

    धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।

    घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल ढोका खोल्ने बानि गर्ने

    अरुले गरेको धुम्रपानबाट बच्ने अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने

    खाना पाकाउन, कोठा हरु तताउन कम प्रदुषणगर्ने इन्धन प्रयोग गर्ने

    वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस्।

    प्रदुषित क्षेत्र मा जानु पर्दा एन-९५ मास्क लगाउनुहोस्।

    प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस्।

फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार व्यायाम महत्वपूर्ण भूमिका खेल्छन्। स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ। साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ। विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने, योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ। फोक्सोको संक्रमण बाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हातधुने, माक्सको प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदी गर्नुपर्दछ  

प्रशस्त झोल कुरा पिउनुपनि स्वास्थ्यका लागि महत्वपूर्ण छ। पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ। 

फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ। फ्लू निमोनियाबाट बच्नका लागि खोपले केहि हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ।

(डा महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुनुहुन्छ ।)

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending