Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

क. निर्मल लामाको संस्मरणःमाओलाई भेट्ने सपना

खबरडबली संवाददाता

डा‍. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा ‘ट्रेनिङ’ लिन पठाउने निर्णय गरेछ । राजनीतिक अर्थशास्त्र पढ्नको निम्ति शम्भुराम र सैनिक विज्ञान पढ्नको निम्ति पिबी मल्ल 'पूर्णबहादुर मल्ल' लाई पठाउने निर्णय गरिएको रहेछ । त्यो गोप्य कुरो अर्थात् ‘टेक’ भएकोले कसैलाई थाहा हुने कुरो भएन । पछि अचानक कुनै कारणवश पिबी मल्ल जान नसक्ने भएछन् ।

एकदिन शम्भुरामले मलाई भने, “तपाईँ तयार भएर बस्नुस् । दुईतीन दिनभित्रै तपाईंँर म चीन जानुपर्छ । म राजनीतिक अर्थशास्त्र पढ्ने । तपाईँले सैनिक विज्ञान पढ्ने ।”

वाफ रे वाफ १ त्यो कुरा सुनेपछि मलाई त कताकता के भयो, कस्तो भयो, केही भन्न सकिनँ । सपनामा पनि चीनमा गएको, माओत्सेतुङलाई भेटिरहेको, हिउँमा हिँडिराखेको, पढिराखेको आदि मात्र देखेँ । तीनचार दिनसम्म मेरो दिमागमा अरू केही कुरा चढेन ।

यो कुरा भएको सातौँ दिनमा हामी काठमाडौँबाट चीन जान हिँड्यौँ । वर्षाको बेला थियो । शम्भुराम, म र देवनारायण हामी तीनजना काठमाडौँबाट हिँड्‌यौ । देवनारायण हामीलाई पुऱ्याउन आएका थिए ।

हामी पैदल हिँडेर त्रिशुली भएर बाह्र दिनपछि पोखरा पुग्यौँ । पोखराबाट हामी तीनजना मात्रै अगाडि बढ्ने आँट आएन । पोखरासम्म त यसअधि पनि धेरैपल्ट हिँडिसकेकोले मलाई बाटो थाहा थियो । तर, मलाई पोखराबाट उता माथितिरको बाटो थाहा थिएन । त्यसैले, हामीले हाम्रो साथमा पोखरा पार्टीका डिसीएस ९पार्टीको जिल्ला कमिटी सेक्रेटरी० श्रीप्रसाद गुरुङलाई लियौँ । हामी चारैजना सँगै अगाडि बढ्‌यौँ ।

हामीलाई पार्टीको के निर्देशन थियो भने, हिउँमा हिँड्न गाह्रो पर्छ, त्यसैले हेल्थ ९स्वास्थ्य० बनाएर जानुपर्छ । ‘जहाँ बास बसे पनि कुखुराको मासु खानू’ भन्ने पार्टीको निर्देशन थियो । बाटोमा बास बसेको प्रत्येक ठाउँमा कुखुराको मासु खाँदै हामी थाकखोला, टुक्चे पुग्यौँ । त्यहाँ हामी शमशेरचाँद थकालीकहाँ पुग्नुपर्ने थियो । उनले हामीलाई गाइड खोजेर पठाउनुपर्ने थियो ।

तर हामी त्यहाँ पुगिसकेपछि पनि शमशेरचाँद थकाली आइपुग्न सकेनन् । उनी त्यहाँका ठुला सामन्त थिए । कवि भूपी शेरचन र उनी दाजुभाइ पर्ने रहेछन् । भूपीका बाबु हितमान हुन् भने शमशेरचाँदका दाजु मोहनमान हुन् ।

शमशेरचाँद नभएपछि हामीलाई मद्दत गर्ने को छ भनेर खोज्यौँ । भूपी त्यतिबेला आईएको जाँच दिएर घर गएका रहेछन् थाकखोलामा । त्यो कुरा थाहा भएपछि हामीले भूपीलाई बोलायौँ । हामीले आ(आफ्नो परिचय दियौँ । उनी त्यतिबेला पार्टीसँग सम्बन्धित थिए । बनारसमा विद्यार्थी भएकोले त्यहीँबाट उनको पार्टीसँग सम्पर्क भएको थियो । हामीलाई त्यति कुरो थाहा थियो । परिचयपछि उनले हामीलाई आफ्नो घरमा राखे ।

उनले हामीलाई १०(१२ दिनसम्म आफ्नो घरमा लुकाएर राखे । बल्ल शमशेरचाँद आइपुगे । तर, उनले म गाइड खोज्न सक्दिनँ’ भनेर हामीलाई सहयोग गर्न नसक्ने कुरा बताए । हामीले ‘किन रु’ भनेर सोध्दा उनले भूपीले थाहा पाएकोले’ भनेर जवाफ दिए । “मैले गाइड खोजेर तपाईँहरूलाई पठाएँ भने त ‘शमशेरले पठायो भनेर त्यसले मलाई फसाइदिन्छ । त्यसैले म सक्दिनँ’, उनले यस्तो कुरा गरे ।

हामीले भूपीलाई सोध्यौँ, “ए भूपी, शमशेर त सक्दिनँ भन्छ । हामीलाई पार्टीले पठाएको हो । तिमीले हामीलाई गाइड खोजेर पठाउन सक्छौ रु उनले पनि सक्दिनँ भने ।

वास्तवमा उनीहरू दाजुभाइबिच माराकाट चलिरहेको रहेछ । भेट्दाखेरि त वास्तवमा एकदम नरम कुरा गर्थे, ढोग गर्थे र साथै बसेर खान्थे पनि । तर मित्रभित्र भने मारामार, काटाकाटको स्थिति थियो उनीहरूको ।

गाइडको व्यवस्था गर्न नसकेपछि मैले शम्भुरामलाई भनेँ, “दुईजना मात्र भए पनि जाऔँ । बाटो सोध्दै जाऊँला । यता खासै पुलिसचौकीहरू पनि छैनन् । पुलिसचौकी भेटी नै हाल्यौँ भने पनि पुलिसहरूलाई केही रूपियाँ दिएर उम्कौँला ।” मैले गाइडबिना नै अगाडि बढ्ने कुरा गरेँ । तर, शम्भुराम मानेनन् ।

हामी फर्क्यौँ । यति बेस्वाद मानेर फर्कियौँ, पोखरा आइपुगेपछि मैले म काठमाडौँ फर्कदिनँ’ भनेँ । मलाई के लाग्यो भने कुनै कम्युनिस्टलाई पार्टीले कुनै लक्ष्यमा पुग्ने काम दिन्छ, कि ऊ लक्ष्यमा पुगिछाड्छ, कि मर्छ । हामी न सफल भयौँ, न त मन्यौँ । त्यसैले, मैले ‘म काठमाडौँ जान्नँ, म यही बसेर काम गर्छु’ भनेँ । म काठमाडौँ नफर्की त्यहीँ बसेर काम गर्न थालेँ ।

त्यतिखेर भारतीय कम्युनिस्ट पार्टीले चिनीयाँ कम्युनिस्ट पार्टीसँग सम्पर्क गरेर त्यहाँबाट ‘बोर्डर’ सम्म हामीलाई लिन पठाउने व्यवस्था मिलाइएको रहेछ । पछि के थाहा पाएँ भने, चिनियाँ कमरेडहरू हामीलाई बोर्डरमा पर्खेर एक महिनासम्म बसेका रहेछन् । एक महिनासम्म पनि हामी बोर्डरमा नपुगेपछि पक्कै पनि हामी हिउँमा परेर मर्‍यौँ होला भन्ठानेर उनीहरू फर्केका रहेछन् ।

उनीहरूले हामी यसरी फर्किन्छौँ भनेर कल्पना पनि गरेका रहेनछन् । चीन पुग्न असफल भएपछि म काठमाडौँ नफर्की मध्यगण्डक अञ्चलमा काम गर्न थाले । गोरखा, तनहुँ, लमजुङ, पोखरा, स्याङ्जा, बाग्लुङमा काम सबै मध्यगण्डक अञ्चलमा पर्थे । मैले हिक्मतसिंह भण्डारीसँग बसेर काम गर्न थालेँ । म प्रायः गाउँ घुम्न जान्थे । त्यसअघि नै बन्दिपुर, मानुङ, रिसिङ, गोरखाबजार, कट्टेलडाँडा, गाईखुरजस्ता ठाउँहरूमा पार्टी सङ्‌गठनका आधारहरू बनिसकेका थिए । मैले ती आधारहरूलाई नै मजबुत पारेँ र अझ बिस्तार गरेँ ।

ती ठाउँहरूमा पार्टी सम्पर्कका लागि बुटवलबाट ५(६ दिन लगाएर पैदल आउनुपर्थ्यो । त्यस्तै, काठमाडौँबाट पनि त्यहाँ पैदल नै जानुपर्थ्यो । त्रिशुली भएर पैदल जाँदा पोखरा पुग्न राम्ररी हिड्न सक्नेहरूलाई ७(८ दिन लाग्थ्यो भने साधारण मानिसलाई १०(१२ दिन लाग्थ्यो ।

त्यहाँको सङ्घर्षको स्वरूप कस्तो थियो भने अनिकाल हुँदा सामन्तीहरूको भकारी फोर्ने । लुट्ने होइन, फोर्ने ।

फोर्ने र लुट्‌नेमा फरक छ । फोर्ने भन्नाले के बुझिन्छ भने भकारी फोरेपछि अन्न तौलेर ‘लिस्ट’ बनाई बाँड्ने तर पछि उक्त सामन्तलाई पैसा तिर्ने ।

पर्ति जमिनहरू कब्जा गरी सुकुम्बासीहरूलाई बाँडिन्थे । जालिफटाहाको विरोध गरिन्थ्यो । बेठ(बेगारी, मुफ्तमा काम लगाउने, चर्को ब्याज लिने, घिउ खाने आदि सबैको विरोध गरिन्थ्यो । त्यस्तै, कुनै सरकारी दौडाहा गयो भने बस्ने व्यवस्था, खानको निम्ति मसिनो चामल, दाल, खसी, कुखुरा आदि सारा कुरा गाउँलेहरूले बिनापैसा मिलाउनुपर्थ्यो ।

त्यस्तै, बिनापैसा गाउँलेहरूलाई तोडा बोकाइन्थ्यो। तोडा भन्नाले मोहर रूपियाँहरूको धोक्रो हो । त्यतिखेर नोट हुँदैनथ्यो । त्यो तोडा डोटीदेखि काठमाडौँसम्म बिनापैसा बोकाइन्थ्यो । त्यो बोक्नको निम्ति दुई(तीन सयको हुलले आफ्नै घरको अन्न खाएर ५ दिन, ६ दिन, १० दिन पैदल हिँड्नुपर्थ्यो ।

त्यस्तै, अरू सरकारी कामहरू टेलिफोनको लठ्ठा बोक्ने झोलुङे पुल बनाउन काम गर्ने आदि सबै गाउँलेहरूले सित्तै गर्नुपर्थ्यो । हामी यी सबै कुराहरूको विरोध गर्थ्यो ।

सरकारले गाउँले जनतालाई सित्तै काममा लगाउने प्रवृत्तिको हामी विरोध गर्थ्यौँ । हामी जुलुस निकाल्थ्यौँ, जेल जान्थ्यौँ । आन्दोलनमा जनताको राम्रा सहयोग प्राप्त गर्थ्यौँ ।

एकातिर हामी सरकारले जनताविरूद्ध गर्ने अन्यायपूर्ण कामको विरोध गर्थ्यौँ भने अर्कातिर हामी काङ्ग्रेस र गोर्खा परिषद्‌को पनि विरोध गर्थ्यौँ। काङ्ग्रेसहरूसित त ठाउँठाउँमा मुठभेड नै हुन्थ्यो । गोर्खा परिषद्‌सित पनि हाम्रो मुठभेड हुन्थ्यो ।

यस्तै एउटा घटना पोखरामा घट्यो । त्यहाँ पुरन सिंह बडाहाकिम थिए । उनी २००७ को सशस्त्र आन्दोलनमा मुक्ति सेनाका ‘कमान्डर इन(चिफ’ थिए ।

पोखरामा गोर्खा परिषद्‌को जुलुस हुन लागेको थियो । हामी कम्युनिस्टहरू त्यसको विरोधमा उत्रन तयार भयौँ । उनीहरूको जुलुस बाहिरबाट पोखरा बजार आउन लागेको थियो । हामीले त्यसको प्रतिरोध गर्न पोखरा बजारमा गाउँगाउँबाट मानिसहरू जम्मा पार्‍यौँ । गाउँगाउँबाट मानिसहरू लाठी, मुङ्ग्री र अलि गोप्यरूपमा भरुवा बन्दुकहरूसमेत बोकी त्यहाँ जम्मा भए । तर, हामीहरू अर्थात् भरतशमसेर, बेनीबहादुर कार्की, राष्ट्रिय काङ्ग्रेसका एकजना र म सुरूमै गिरफ्तार भयौँ । हामीलाई बडाहाकिम बस्ने घर, गोश्वारामा राखियो । हामी दिनभरि खेलेरै बस्थ्यौँ । हामी भरतशमशेरसित तास खेल्थ्यौँ । उनीसित झगडा पनि हुन्थ्यो । त्यसबेला भरतशमशेर र बेनीबहादुर एकातिर, म र राष्ट्रिय काङ्ग्रेसको मान्छे अर्कोतिर बसी दिनभरि तास खेल्थ्यौँ ।

तास खेल्दा हाम्रो सर्त हुन्थ्यो – जसले हान्यो, त्यसलाई जित्नेले कुट्ने । मेरो जोडीको रूपमा खेल्ने राष्ट्रिय काङ्ग्रेसको मान्छेले भरतशमशेरसित डराएर खेल नै बिगार्यो । तर, मैले पनि निहुँ खोज्न थालेँ । म पनि बलियो थिएँ। भरतशमशेर पनि बलिया थियो । नियम के बनायौँ भने, जित्नेले हार्नेलाई कुट्न पाउने तर हार्नेले पनि रोक्न पाउने, सके कुट्नेलाई ठोक्न नै पाउने ।

भरतशमशेरहरूले हुँदैन भनेर झगडा गर्न थाले । पछि बडाहाकिम पुरन सिंह आएर झगडा मिलाए ।

त्यसपछि काठमाडौँबाट डिआईजी टेकनारायण पोखरा आए । सायद उनी नरदेवीतिरका नेवार थिए । उनले पोखरा पुगेपछि भरतशमशेरलाई प्लेनबाट काठमाडौँ पठाए, बेनीबहादुर र मलाई पैदलै काठमाडौँ चलान गरे ।

काठमाडौँ आएपछि के थाहा पाइयो भने मलाई त पशुपतिकाण्डको सिलसिलामा काठमाडौँ ल्याइएको रहेछ । त्यो काण्डमा मेरो नाम पनि पोलिएको रहेछ । मलाई डीएसपी कार्यालयमा हत्कडी लगाएर खम्बामा बाँधियो । बेनीबहादुरलाई भने छोडियो ।

त्यस घटनालाई लिएर मैले हल्ला गर्न थालेँ । दुई दिनपछि मलाई चारखाल अड्डामा पठाइयो । त्यहाँ मेरो मुद्दा रहेछ । त्यहाँ पुगेपछि हाकिमले ‘किन हत्कडी लगाएको रु’ भनी पुलिसलाई गाली गरे । हाकिमले ‘छोडिदेऊ’ भनेपछि पुलिसले मेरो हत्कडी फुकालिदियो । हाकिमले ‘मैले बुझिलिएँ, तिमीहरू जाऊ’ भनी पुलिसलाई फर्काइदिए ।

मलाई ती हाकिमले भने, “बेकारमा तपाईँलाई दुःख दिइयो । पशुपतिकाण्डमा तपाईँको नाम पनि पोलिएको रहेछ, तैपनि त्यस्तो खास कुनै ठुलो कुरो छैन । अलिकति बयान लिएर तपाईँलाई तारिखमा छोड्न सकिने थियो । पुलिसहरूले अलि बदमासी गरे ।”

मेरो नाम उनले कतैबाट सुनेका रहेछन् । मलाई केही साधारण बयान लिइयो र त्यही दिन छोडियो । ती हाकिमले ‘तारिखमा पनि नआए हुन्छ’ भनी मलाई विदा गरे। त्यो केस त्यत्तिकै टुङ्गियो ।

म पोखरामा काम गरिरहेको मान्छे । समातिएर काठमाडौँ आइपुगेपछि यहाँका साथीहरूले मलाई यहाँ त कामै भएन, तपाईँ यहीँ बस्नुपर्छ’ भनेर माग गरे। उनीहरूले मलाई काठमाडौँमै राख्न पार्टी ‘हेडक्वाटर’ सँग माग गरे । उनीहरूले त्यो माग लिई धर्ना नै बसे । त्यसपछि मलाई काठमाडौँमै राख्ने निर्णय गरियो । म पोखरा नफर्की काठमाडौँमै बसी काम गर्न थालेँ ।

त्यतिखेरसम्म केशरजङ रायमाझी राजावादी हुन् भन्ने कुराको केही संकेत मैले पाइसकेको थिएँ । राजा पोखरामा जाँदा उनले स्वागत तथा अभिनन्दन गरेका थिए । त्यस्तै, राजा कहीँ पनि जाँदा काठमाडौँमा रायमाझी एअरपोर्टसम्म राजालाई बिदाइ गर्न जान्थे ।

रायमाझीको त्यो क्रियाकलापलाई लिएर पार्टीभित्र विरोध हुन थालिसकेको थियो । उनी पार्टीका महासचिव थिए । मनमोहन अधिकारी चीनमा औषधि उपचारको निम्ति गएका थिए । हामीले काठमाडौँ जिल्ला कमिटीमार्फत पुष्पलाल र शम्भुरामको नेतृत्वमा सङ्गठितरूपले रायमाझीको राजावादी क्रियाकलापप्रति घोरघमासान विरोध गर्न थाल्यौँ ।

त्यही कारणले रायमाझीले मलाई पार्टीबाट निष्काशन गर्ने षड्‌यन्त्र गर्ने थाल्यो। म उनको ठाडो विरोध गर्थे । स्टालिनको जमानाको अनुशासनम रहेको त्यतिखेरको कम्युनिस्ट पार्टीको साधारण सभामा मैले ‘रायमाझी राजावादी भयो’ भनेर उनकै अगाडि ठाडो विरोध गरेको थिएँ ।

साभारः सर्वहारा राजनीति – क. निर्मल लामाको आत्मकथाबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending