Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

अध्येताको उत्सुकता : के मानवताको मृत्यु हुन्छ ?

कुमार दाहाल
कुमार दाहाल

मानिस भित्र विवेकको व्युत्पत्तिमा थुप्रै मतान्तर पाइन्छ। प्राणीकाे चेतनामा विवेककाे व्युत्पत्ति विज्ञान र अध्यात्म दुवैमा रहस्यकै रुपमा छ। मान्छेसँग मात्र विवेक छ वा सबै प्राणीको चेतनाको अंश विवेक हो भन्ने विषयमा भौतिकवादी , अस्तित्ववादी र ईश्वरबादीहरूको भिन्नाभिन्नै मत छ । बुद्धको अनात्मबाद चेतना हाे। आत्मा होइन । बुद्धले मानवताबाट अध्यात्म चिन्तनको व्याख्या गरे। सारा बुद्ध दर्शन यसैमा केन्द्रित छ। बुद्ध ,धर्म होइन दर्शन हो ।त्यहीँबाट अनात्मबाद बुद्ध दर्शन भित्र विकसित भयो ।

मानवता चेत कै कारण बुद्ध धर्मले हिन्दु धर्ममाथि आधिपत्य कायम गर्यो। हिन्दुहरु आत्मा बोधबाट मानवताको कुरा गर्छन् भने बुद्ध दर्शनले मानवता बाट आत्मा चेतकाे कुरा गर्छ। त्यसैले बुद्ध दर्शनमा भौतिकवादीहरुले समेत विश्वास गरेका छन। तर बुद्ध दर्शन पनि पदार्थमा चेतनाको अंश विवेक हो वा यो चेतना भित्रको व्युत्पत्ति विवेक हो भन्ने विषयमा स्पष्ट छैन ।यसले केवल प्राणीभित्रको चेतनाको स्वरुपलाई मानवता मान्छ। ईश्वर ठान्दैन।

मानवताको विषय दर्शनमा सीमित छैन। सुकरातले सत्यको बाटो लिए । सत्य विरुद्ध बोलेनन्। पालना गरे। बरु बिषको प्याला पिए। मानवताको विकास सत्यबाट भएको हाे र यो नै विवेक हो भन्ने पाश्चात्य दर्शनको मूल अंश हो।। रुसोको सुपर मेनले मान्छेको उचाईलाई निरन्तर बनाऊछ। उनको सुपर मेन मानवताकोअन्तिम अवस्था हो । तर सत्य होइन। यो मानवता सिर्जनात्मक भएमा हुर्किन्छ। विध्वंसात्मक भएमा स्वयं नष्ट हुन्छ ।

सुपरम्यान मानबताकाे उत्कृष्ट नमुना मान्छन् रुसो। कान्टकाे कठोर नैतिकता बिबेकको बिकास सँग सम्बन्धित छ। पछिसम्मका भौतिक चिन्तकहरुले ऊर्जालाई चेतनाकाे रूप मानेका छन्। व्याख्या गरेका छन्। चेतना भित्र विवेकलाई इभाेलुसनको रुपमा मान्छन् पश्चिमा। तर पश्चिमाहरुले चेतनालाई ईश्वरको रुपमा ब्याख्या गरेनन् l

हेगेलले समग्रता सिद्धान्तमा चेतना ईश्वरको प्रतिरूप हो भनेका छन् ।यही चेतनाकाे विकास मान्छेभित्र हुनुपर्छ। जसलाई प्राय सबै वैज्ञानिक, चिन्तक ,विश्लेषक रहस्यवादीहरुले मानवताको नाम दिएका छन्। तर मानवताको कोशे ढुङ्गो व्याख्यामा सीमित छैन।

डार्विनले प्राणीको उत्पत्ति र विकासको धारणा ल्याए। तर चेतनासँग प्राणीको सम्बन्धलाई आकर्षणको रुपमा मात्र व्याख्या गरे। प्राणीको स्वरुप पदार्थको विकास हो चेतनाको होइन भन्ने उनको मुल धारणा अहिले असत्य सावित हुदैछ किनकि मान्छेको स्वरुप हजारौं वर्षसम्म एउटै छ। चेतनाको फैलावट सबै प्राणीमा उस्तै छ भन्ने विषय उनले भनेनन् । उनको आलोचना पनि भयो।

भारतीय दर्शन शास्त्री अरविन्दुले डार्बिनको विकासवादमा ठूलो टिप्पणी गरेका छन् । अरविन्दु मानवताको होइन चेतनाको विकासलाई‌ प्राणी भित्रको इभूलुसन ठान्छन्। मानवता चेतनाको विस्तार हो र प्राणीको विकास सँगै विवेकको विकास भएको उनको भनाइ छ। चेतनाको सुरु वा अन्त्य छ वा यो स्थिर छ ? यो विषय सृष्टिको अन्त्यसम्म प्रश्न कै रुपमा रहन्छ।भौतिक विज्ञानले चेतनालाई ऊर्जाको रूपमा लिन्छ। उर्जा र चेतना फरक हुन् या होइनन् भन्ने विषय अहिलेसम्म विज्ञानको पहुँच भन्दा बाहिर छ।

अस्तित्ववादी शात्रले चेतनालाइ अस्तित्वकाे रुपमा व्याख्या गर्छन्।चेतना भित्र चेत हुन्छ। जसले बिबेकको विकास गर्छ । विवेकको विकास अस्तित्वको लडाइँ बाट भएको हो भन्ने अस्तित्ववादिहरुकाे धारणा छ। यही धारणा गीता ,उपनिषदमा पाइदैन। भगवद्गीताले चेतनालाई ब्रह्ममय ठान्छ र विवेकलाई प्राणीको प्रारब्ध। ईश्वरवादी र अस्तित्ववादी तर्क यही मतबाट कहिले टुङ्गोमा पुग्दैन ।

मास्लाेले मान्छे र पशुमा दुई कुराको भिन्नता देखाए। पशुसँग अनुमान गर्ने र आलोचना गर्ने स्वभाव हुँदैन ।जुन मानिससँग हुन्छ। पशुले अकस्मात स्वभाव परिवर्तन गर्दैन। जुन मानिसले गर्छ । तर चेतना ,पशु र मानिसमा बराबरी छ । यिनै विभेदक कारणले पशु र मानिस छुट्टिन्छन्। याे फरकपन मानिसभित्रको विवेक नै हो । व्यवस्थापकहरुले यही विवेकलाई उच्चतम प्रयोग गर्न खोज्छन्। जे भएपनि विवेकलई सार्वभौम रुपमा हेर्न सकिन्छ तर मानवताको विषय सार्वभौम हुदैन।

पश्चिमाहरु कुनै ईश्वर छैन , मानवता मात्र छ भन्छन। पश्चिमको विकास ईश्वर बादी चिन्तनबाट भएको छैन। मानवतावादी दर्शनबाट भएको छ। पूर्वीय चिन्तकहरु यही मानवतालाई अध्यात्मवाद, आत्मा, परमात्मा वा ईश्वरको प्रतिरूप मान्छन्। पदार्थलाई अन्तिम मान्ने विज्ञानले विवेकलाई पदार्थको विकाशकाे रुपमा लिन्छ। त्यसैले उनीहरू मानवतालाई स्वार्थको रुपमा प्रयोग गरिरहेका छन्। आणविक हतियारको होडबाजी र भौतिक विकासको चरम अवस्थामा मानवताको आवाज काेही सुन्नेवाला छैन।

अब मानवता कता जाँदै छ । माया, प्रेम, आदर्श, आविष्कार ,खोज ,युद्ध, उपकार ,सेवा सबैमा मान्छे लागिसकेको छ। र सबैभित्र मानवीयता वा मानवता कै खोजी गर्छ मान्छे । युद्ध गर्छ र भन्छ मानवता रक्षाको लागि युद्ध जरुरी छ।। धर्म र बिज्ञान दुबैले भन्छन मानवताको रक्षा गर्नुपर्छ ।सबै विज्ञानका आविष्कार र धर्मका व्याख्याहरु मानवताकै लागि भएको भनिन्छ।। यो अवस्थासम्म मानवतालाई बोकेर मानिस आइपुगेको छ। अब हामी कता जाँदैछौ।

विभेद ,युद्ध, शस्त्र ,परमाणु बमको प्रयोगले मानवता सङ्कुचित हुँदै गएको छ। विवेकको अंश घट्दै गएपछि मानवता विरुप देखिन्छ। जुन अहिले ब्याक्ती ,समाज देश र विश्वमै देखिँदै गएको छ।. अहिलेको मान्छेको स्वभाव र विश्वको चर्तिकलाले मानवता मर्दै गएको छ। उर्जा मर्दैन, जीव मर्छ ,चेतना रहिरन्छ , चेतना रहनुको अर्थ मानवता रहन्छ भन्ने पूर्वीय दर्शनले मानवताको संरक्षण गर्न सक्छ र। विवेकले पूर्ण विवेक (super wisdom)को सिर्जना गर्छ.? यी प्रश्नहरु रहस्यवादी दर्शनका विषयमात्र होइनन् भने मानवता मर्ने निश्चित छ। कालान्तरमा मानवता रहँदैन ।

जस्तै रोबोटले सबैलाई बराबरी देख्छ ।आदेश अनुसारको काम गर्छ। अन्य ग्रहहरुमा भएका भनिएका एलेन्सहरुहरुमा मानवता हैन तटस्थता समभावकाे विकास भएको हुनुपर्छ । प्रविधिको बिकास, स्वार्थीपन,, व्यक्तिगत स्वतन्त्रता,असामाजिकताको वृद्धिले मानिस र मानिसलाई विभेद गर्दैछ। यस्तै अवस्थाबाट मानवताको क्षयीकरण हुँदै जान्छ। मानिस वस्तुवादी हुँदै गएको छ। वस्तुवादी हुँदै गएपछि मानवता र मानवीयताको मृत्यु निश्चित छ। मानिस क्रमशः रोबोट जस्तै तथस्ट र बुद्धिमानी हुदै जाने निश्चित छ। त्यसपछि विवेकको विकास मानवताकाे रुपमा होइन ।वस्तुवादीतामा रहन्छ ।

अध्यात्मवादीहरु मानवता मर्दैन, यसलाई युग पुरुषहरुले बचाइराख्छन भन्ने दाबी गर्छन् ।वैज्ञानिकहरु विज्ञान,मानवता कै लागि हाो भन्छन। विज्ञानले विवेकलाई पदार्थ मान्छ। । उत्तर कोरियाको परमाणु बम ,जैविक हतियार, रुस युक्रेन बिचको युद्ध,अफगानिस्तान, पाकिस्तान समस्या,गरिबी र धनीको बढ्दै गएको खाडल, विश्वमा बढ्दै गएको गरिबी,आतंकवादले एकदिन मानिसलाई वस्तु बनाउँछ , दुईमत छैन। अहिलेको मानिसमा विवेकको अर्थमा यिनै विषयमा द्वन्द्व देखिएको छ ।कुनै पनि वस्तु वा पदार्थ अमर छैन भने जस्तै मानवताको मृत्यु निश्चित छ। ब्रह्माण्डकाे स्वरुप जस्तो रहेपनि चेतना वा ऊर्जा सधैभरी स्थिर रहन्छ भन्ने विज्ञानको रहस्य र विवेकले मानवताको रक्षा गर्छ भन्ने पूर्वी दर्शनको व्याख्याले अब मानवताको रक्षा गर्ला ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending