Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भ्रष्टाचारविरुद्धको अनुसन्धान थप तीव्र रुपले अगाडि बढाइन्छ : प्रधानमन्त्री

खबरडबली संवाददाता

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध अनुसन्धान थप तीव्र रुपले अगाडि बढाइने बताएका छन् । शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ ।’

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ।’ यो वर्षको बजेट निकै राम्रो भएको समेत प्रधानमन्त्री दाहालले बताए । ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’ प्रधानमन्त्रीले भने, ‘यस पटक हामीले भिन्न ढङ्गले नै काम सुरु गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।’

‘अर्थतन्त्र धराशायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्।  भारतसँग भएको समझदारीबारे उनले थप भने, ‘पारवहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो। विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत् व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ। यो आउने पिँढीले पनि सम्झिरहने काम हो।’

प्रधानमन्त्री दाहालले अब छिट्टै चीन भ्रमणमा जाने समेत बताए । ‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छु प्रधानमन्त्रीले भने।

चीनमा एयर रुटका विषयमा पनि छलफल हुने उनले बताए । ‘एयर रुटका लागि भारतसँग कुरा गरिएको छ। छिट्टै त्यो निष्कर्षमा पुग्छ। चीन जाँदा पनि यो विषयमा छलफल हुन्छ,’ प्रधानमन्त्रीले भने ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

रौतहट। रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हर...

सुनको मुल्य एकैदिन १५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।  य...

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ।  बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थ...

कोदो मर्ने समस्याले कृषक चिन्तित

पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्त...

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हु...

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्ताबेज होः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy