पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध अनुसन्धान थप तीव्र रुपले अगाडि बढाइने बताएका छन् । शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ ।’
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ।’ यो वर्षको बजेट निकै राम्रो भएको समेत प्रधानमन्त्री दाहालले बताए । ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’ प्रधानमन्त्रीले भने, ‘यस पटक हामीले भिन्न ढङ्गले नै काम सुरु गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।’
‘अर्थतन्त्र धराशायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतसँग भएको समझदारीबारे उनले थप भने, ‘पारवहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो। विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत् व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ। यो आउने पिँढीले पनि सम्झिरहने काम हो।’
प्रधानमन्त्री दाहालले अब छिट्टै चीन भ्रमणमा जाने समेत बताए । ‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छु प्रधानमन्त्रीले भने।
चीनमा एयर रुटका विषयमा पनि छलफल हुने उनले बताए । ‘एयर रुटका लागि भारतसँग कुरा गरिएको छ। छिट्टै त्यो निष्कर्षमा पुग्छ। चीन जाँदा पनि यो विषयमा छलफल हुन्छ,’ प्रधानमन्त्रीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...
आषाढ़ १३ गते, २०८३ - ११:३१
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...
आषाढ़ १३ गते, २०८३ - ११:२०
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...
आषाढ़ १३ गते, २०८३ - ११:०७
काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...
आषाढ़ १३ गते, २०८३ - १०:३५
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: