Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

डा. कुमकुम झा
डा. कुमकुम झा

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही दिनसम्म यौन सम्पर्क गर्न सुरक्षित मानिन्छ, कुनै साधनको प्रयोगविना पनि ।

यद्यपि महिनावारी भएको बखत यौन सम्पर्क गर्नु चाहिं हुन्छ कि हुँदैन रु यो प्रश्न खासगरी दुई अर्थमा गर्नुपर्ने हुन्छ । एउटा त यौनाङ्गको स्वच्छता र अर्को चाहिं गर्भ रहने नरहने स्थिति ।

दम्पतीमा यसबारे द्विविधा छ । तर दुवै पार्टनरलाई महिनावारीको समयमा यौन सम्पर्क गर्न इच्छा छ भने त्यसमा कुनै समस्या हुँदैन । यद्यपि महिनावारीको समयमा अन्य बेलाभन्दा यौन प्रसारित रोग लाग्ने सम्भावना अत्यधिक लाग्ने कारण अस्थायी साधनको प्रयोग भने गर्नुपर्छ ।

गर्भ रहने सम्भावना कति ?

नियमित महिनावारी हुने महिलामा त्यस समय यौन सम्बन्ध बनाउँदा गर्भ रहँदैन । तर अनियमित महिनावारी हुने र छोटो महिनावारी चक्र छ भने महिलामा गर्भ रहने जोखिम हुन्छ । जस्तै, नियमित महिनावारी हुने महिलाले धेरैपछि रक्तश्राव हुँदा महिनावारी भन्ने सोचेर त्यस समयमा  यौन सम्बन्ध राखेमा गर्भ रहन सक्छ । यौन सम्बन्ध राख्दा महिनावारी चक्र नियमित छ छैन भन्ने कुरामा निश्चित हुनुपर्छ ।

त्यस्तै, जुन महिलाको महिनावारी चक्र छोटो अवधि अर्थात् २८ दिनको छ भने सात दिनमा पनि डिम्बाशय बन्न सक्छ । जसले गर्दा महिनावारीको चार(पाँच दिनमा यौन सम्बन्ध राखे पनि गर्भ रहन सक्छ । यदि ३० दिनमा महिनावारी हुने गरेको छ भने डिम्बाशय ढिला बन्छ, जसकारण महिनावारी भएको ६-७ दिनमा सम्बन्ध कायम राखे पनि गर्भ रहने सम्भावना कम हुन्छ ।

यदि महिनावारीको समयमा पनि नियमित गर्भ निरोधक औषधि जारी राखिएको छ भने पनि गर्भवती हुने सम्भावना हुँदैन । महिनावारी होस् वा नहोस् चक्कीले काम गर्न छाड्दैन । महिनावारी भएको अवस्थामा यौन सम्बन्ध बनाउनु परे कण्डम वा गर्भनिरोधक चक्कीको प्रयोग गर्नु सुरक्षित हुन्छ ।

संक्रमणको जोखिम हुन्छ ?

महिनावारीको समयमा यौन सम्बन्ध कायम राखेमा यौन प्रसारित संक्रमण हुने जोखिम बढी हुन्छ । किनभने भाइरसहरू रगतमा बस्छन् र रगतको सम्पर्कबाट यौन रोग फैलिन सक्छ । यौन सम्पर्क गर्दा कण्डमको प्रयोगले यौन प्रसारित रोग फैलिने जोखिम कम गर्न सकिन्छ ।

महिनावारीको समयमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छन् । त्यसक्रममा सम्बन्ध स्थापित भएमा ल्युब्रिकेसनको आवश्यक नपर्ने विभिन्न अध्ययनले देखाएको छ । साथै यो अवधिमा सम्बन्ध स्थापित गर्नाले केही महिलालाई हुने महिनावारीको प्रभाव माइग्रेन र टाउको दुख्ने समस्या कम हुन्छन् ।

ध्यान दिनुपर्ने कुरा

सबैभन्दा बढी महिलालाई कुनै रोग वा संक्रमण छ र यौन सम्पर्क गर्दा पीडा हुन्छ भने सकेसम्म सम्बन्ध नराखेको नै राम्रो हुन्छ । पेट दुखिरहेको वा शारीरिक रुपमा कमजोर भएको अवस्थामा सम्बन्ध नबनाउँदा थप समस्या निम्तिन सक्छ । यदि यौन सम्पर्कको लागि महिला तयार छिन् र पुरुष पनि सावधानी अपनाउन तयार छन् भने यौन सम्पर्क राख्न सकिन्छ । सम्बन्ध बनाउनुअघि आफ्नो पार्टनरको पनि इच्छा छ भने मात्र सम्बन्ध बनाउनु पर्छ । रक्तस्राव भइरहेको छ भने सफा गरेर मात्र सम्बन्ध राख्नुपर्छ । यौन सम्पर्क गर्नुअघि र पछि आफ्नो गुप्ताङ्ग राम्ररी धुनुपर्छ । यदि महिनावारीको समयमा महिलाले ट्याम्पोन लगाएकी छिन् भने निकाल्नुपर्छ ।

(कन्सल्टटेन्ट गाइनोकोलोजिस्ट डा. झा नर्भिक अस्पताल र स्टार अस्पतालमा कार्यरत छिन् । उनले गाइनोकोलोजीमा एमबीबीएस र एमडी गरेकी छन् ।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending