Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

लन्डनमा नेवार समुदायाकाे नेवारी भोजकाे आयोजना

खबरडबली स‌‌‌वाददाता

भोजको परम्परा अनुसार ‘नाय्’हरुलाई खसीका टाउकोका आँखा, कान, जिब्रो, बंगारा, लगायतका विभिन्न अंगका परिकारहरु दिइएका थिए।

लन्डन । लन्डनमा नेवारी परम्परा र संस्कृति झल्काउने मौलिक शैलीको नेवारी भोज (गुथि भ्वयः) आयोजना गरिएकाे छ ।

पासा पुचः गुथि साउथ इष्ट लन्डनको आयोजनामा शनिबार वुल्लीचमा सम्पन्न भोजमा करिब तीन सय बेलायतवासी नेपाली स्वादिष्ट नेवारी परिकारमा रमाएका थिए।

नेवा परम्परा अनुसार सञ्चालन गरिएको भोजका सहभागीले पलेटी कसेर पातको टपरीमा विभिन्न ३२ परिकारको स्वाद लिएका थिए। भोजमा पस्किएका सबै परिकार र पेय पदार्थसमेत आयोजक पासा पुचः साउथ इष्टका सदस्यहरुले घरमै तयार पारीएकाे थियाे । 

भोजको सुरुमा परम्परा अनुसार समाजका ज्येष्ठ सदस्यहरु एवम् विशेष अतिथिहरुलाई ‘नाय्’ बनाएर उनीहरूलाई धिमेबाजा र धुपबत्तीले स्वागत गर्दै भोज हलमा पुर्‍याइएको थियो। आसन ग्रहणपछि ‘नाय्’हरूलाई फेटा बाँधेर सम्मान पनि गरेका थिए। 

null

भोजको परम्परा अनुसार ‘नाय्’हरुलाई खसीका टाउकोका आँखा, कान, जिब्रो, बंगारा, लगायतका विभिन्न अंगका परिकारहरु दिइएका थिए। कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भोजमा सहभागी भइरहंदा आफूले काठमाडौंमै रहेको अनुभूति गरेको सुनाए। 

भोजको माध्यमबाट नेपालको मौलिक संस्कृति र परम्परा जस्ताको तस्तै बेलायतमा भित्रिएकोमा उनले खुशी व्यक्त गरेका थिए। भोजले सांस्कृतिक पुस्तान्तरण समेतमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राजदूत आचार्यले आयोजकलाई धन्यवाद दिए। 

स्थानीय रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटले पासा पुचः यूकेले बेलायतमा नेपाली संस्कृतिको जगेर्नामा प्रशंसनीय कार्य गर्दै आएको बताए। परम्परागत शैलीमा आयोजित नेवाः भ्वय नयाँ पुस्तालाई मौलिक संस्कृति सिकाउने प्रभावकारी अवसर रहेको भन्दै उनले यसको निरन्तरताको लागि आग्रह पनि गरे। 

त्यस अवसरमा गायक योगेश्वर अमात्यले लन्डनमा पनि परम्परागत शैलीको नेवा भोजमा रमाउन पाउँदा खुशी लागेको अनुभव सुनाएका थिए। आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन अध्यक्ष माधवलाल श्रेष्ठले भोजमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए। 
बेलायतमा परम्परागत शैलीमा भोज तयार गर्नु सजिलो नरहेको तर परम्परा जोगाउने उद्धेश्यमा संस्थाका सदस्यहरु एक भएर जुटेपछि वर्षेनी भोज सम्भव हुंदै आएको उनले बताए। 
पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले बेलायतमा छैटौं पटक नेवा भ्वयस् आयोजना गरिएको बताए। भोजमा युवा सहभागिता बढाउने लक्ष्यसहित भोजमा युवालाई निशुल्क प्रवेश दिएर स्वयम्सेवकका रूपमा परिचालन गरिएको उनले जानकारी दिएका थिए।

भोजको संयोजन सत्य प्रजापतिले गरेका थिए भने ईश्वर महर्जन, कृष्ण वैद्य, सोहन सुवाल, राजु श्रेष्ठलगायतले परिकार व्यस्थापनमा सहयोग गरेका थिए।

बेलायतमा नेवा परम्परा र संस्कृति प्रवर्द्धनमा सक्रिय पासा पुचः गुथिले वर्षेनि म्हःपूजा, बिस्केटजात्रा लगायतका सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएका छन्। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending