Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

सिड्नी विमानस्थलमा बेहोस भएर ढलेकी नेपाली महिलाको निधन, शव नेपाल पठाउने तयारी

खबरडबली संवाददाता

सिड्नी। नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ।

काठमाडौंको सुकेधारा निवासी ठूली कान्छी तामाङ आफ्ना श्रीमानसँग छोरा भेट्न न्यू साउथ वेल्स राज्यको वागा वागामा बस्ने छोरालाई भेट्न अस्ट्रेलिया पुगेकी थिइन्।

अस्ट्रेलियन समयअनुसार शुक्रबार बिहान उनी सिड्नी एयरपोर्टमा अवतरणपछि विमानबाट ओर्लने क्रममा अचानक बेहोस भएर ढलेकी थिइन्। त्यसपछि विमानस्थलमै उपस्थित मेडिकल टोलीले तत्काल सीपीआर लगायतका प्राथमिक उपचार दिए पनि उनलाई बचाउन नसकिएको हो।

घटनालगत्तै उनलाई मृत घोषणा गरिएको र स्थानीय प्रहरीले परिवारका सदस्य, विशेषगरी उनका छोरा राजु तामाङलाई जानकारी गराएको जनाइएको छ।

परिवारका अनुसार, उनी छोरा भेट्न उत्साहित हुँदै अस्ट्रेलिया पुगेकी थिइन् तर विमानस्थलमै यस्तो दु:खद घटना भएको हो।

मृतकको शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलिया लगायतको समन्वयमा गोफन्डमीमार्फत आर्थिक सहयोग संकलन गरिएको छ। प्रारम्भिक लक्ष्य १५ हजार अस्ट्रेलियन डलर राखिएकोमा ४४४ जनाको सहयोगबाट १६ हजार २५१ अस्ट्रेलियन डलर संकलन भएको बताइएको छ।

संकलित रकमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले बडडाँडा–बुढीचौर सडक तीन दिनदेखि अवरुद्ध

सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १:१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त द...

२५० को खरिदले दिलायो १० लाख, करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर विजेता घोषणा

काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको न...

रक्सीको घुट्कोसँगै बग्दै गएको जीवन

पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...

युट्युब हेरेर सुरु गरेको ड्र्यागन खेतीले दियो आम्दानी, कपिलवस्तुका किसानको उदाहरणीय सफलता

कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...

अस्पतालमा बिरामी होइन, लाइन बस्छ पर्चा ! सरकारी स्वास्थ्य सेवाको अव्यवस्थाले बढायो नागरिकको सास्ती

काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...

प्रदेश सरकार गठनमा अंकगणित र आन्तरिक किचलो बाधक, १२ दिन बित्दा पनि पाँच प्रदेश अन्योलमा

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...

गगन थापालाई मान्यता दिने आदेश पुनः परीक्षणमा, कांग्रेस विवाद फेरि सर्वोच्च अदालतमा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...

बालेनको संसद् बहिष्कार कि जवाफदेहिताबाट पलायन ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...

चिस्यान केन्द्र र गाडी खरिदमा भ्रष्टाचार आरोप, आठबीसकोटका नगरप्रमुख तानिए अदालत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending