दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।
बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो ।
दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक रहेका तुलसी चौधरीले जानकारी दिए ।
बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाउनुभएको हो । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मङ्गलबार स्थगित प्रदेशसभा आजका लागि बोलाइएको छ । प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १:०० बजेका लागि बोलाइएको सूचना जारी गरेका थिए। उनले सभामुखको निर्देशनानुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...
चैत्र ४ गते, २०८२ - १३:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्...
चैत्र ४ गते, २०८२ - १३:३८
मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...
चैत्र ४ गते, २०८२ - १३:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...
चैत्र ४ गते, २०८२ - १३:१७
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...
चैत्र ४ गते, २०८२ - १३:०६
खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...


प्रतिकृया लेख्नुहोस्: