Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

खबरडबली संवाददाता

बागलुङ । बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।  हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको हो । 

स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताए । उनका अनुसार निसीखोलामा मात्रै सात स्थानका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ । चालु आर्थिक वर्षमा दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मुल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यको भनाइ थियो ।

“निसीखोला–६ मा अधिकांश विद्यार्थीमा झाडापखला र टाइफाइड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थी बिरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परीक्षण गर्दा कोलिफर्म भेटिएको थियो”, उनले भने, “स्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परीक्षण गर्ने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलीफर्मको मात्रा देखिएको छ ।”

आचार्यका अनुसार बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ । यहाँका करिब ६० हजार नागरिकले उक्त पानी उपभोग गर्दै आएका छन् । जिल्लाका नागरिकले उपभोग गर्दै आएको खानेपानीको अवस्थाका विषयमा जिल्लास्थित स्वास्थ्य कार्यालयले बर्सेनि परीक्षण गर्दै आएको कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । परीक्षणका क्रममा पानी तथा मुहान दूषित देखिए उपभोक्तालाई सचेत गराउँदै आएको उनले बताए ।

कोलिफर्म देखिएका खानेपानीको मुहानमा सरसफाइ गरी किटनाशक औषधि प्रयोग गरेर मात्रै वितरण गरिने प्रमुख शर्माले बताए । एकपटक गरिएको परीक्षण र सरसफाइले मात्रै समस्या समाधान नहुने भन्दै उनले खानेपानी उपभोक्ता समिति बढी जिम्मेवार हुन आवश्यक रहेको जनाए । “कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने गर्दछ, जिल्लाको केही गाउँ र विद्यालयमा रोगको सङ्क्रमण चालु आर्थिक वर्षमा नै आइसक्यो”, प्रमुख शर्माले भने, “कोलीफर्म भएको पानीले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ, हिउँदका समयमा भन्दा बर्खायाममा कोलीफर्म बढी भेटिन्छ ।”

उनका अनुसार वर्षाका कारण बगेर आएको पानीले जमिन तथा पानीको स्रोतमा रहेको फोहरलाई मिसाउँछ र पानी दूषित हुन्छ । झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख शर्माको भनाइ छ । कोलीफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने अवस्था आउनसक्ने भन्दै यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य पद्दतिद्धारा शुद्ध बनाएर पिउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

कोलीफर्म फेला परेका खानेपानी मुहानका उपभोक्ता समितिलाई कोलिफर्म निमूल पार्न स्वास्थ्य कार्यालयले सचेत बनाइरहेको भन्दै मुहान सरसफाइ गराउन तथा पाइपलाइन मर्मत गर्न उपभोक्ता समितिलाई ताकेता गरिएको कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

रातोपाटीका पत्रकारलाई अभद्र व्यवहार गर्ने पाठक पक्राउ

झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...

लेबननमा नेपाली शान्ति सैनिकको क्याम्पमा हवाई हमला

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...

भोली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...

रास्वपाको सचिवालय बैठक भोलि बस्ने, समानुपातिक उम्मेदवार सिफारिस गर्ने विषयमा छलफल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: