स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बेकी छन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकी थिइन् । उनी आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छन्
तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थालिन् । उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको बताइन् ।
चुलोचौकोमा सीमित पाठकको दैनिकी अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ । उनी बिहान सबेरै उठ्नुहुन्छ । अचारका लागि विभिन्न कच्चापदार्थ चक्कुको सहायताले टुक्रा पार्छिन् । मसला र तेलमा कच्चा पदार्थ राम्ररी मोल्छिन् । दिउँसोपख छोरी बुुहारीको सहयोग लिएर मोलेर राखेको अचार बट्टामा खाध्छिन् । कसैले अचार खाँद्ने, कसैले सिल्लर गर्ने, कसैले स्टिकर टाँस्ने, कसैले प्लास्टिकले लेप गर्ने यो उनीहरुको दैनिकी हो ।
“उद्योग सञ्चालनपश्चात् कोरोना कोरोनाको मारमा परियो, बिक्रीका लागि ठिक्क पारेका अचार स्टोरमै थन्काउनुपर्ने भयो”, मायाले भनिन्, “व्यवसाय छोडौँ कि निरन्तरता दिउँ भन्ने दोधार मनका बीच व्यवसायलाई यहाँसम्म ल्याएकी छु, अहिले राम्रो हुँदै गएको छ ।”
उनले आफूले उत्पादन गरेको अचारबाट वार्षिक रु साढे दुुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन् । “भान्साको गहनाका रुपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ”, उनले भनिन्, “अचार गुणस्तरीय र स्वादिलो भए पनि ठूलो परिणाममा उत्पादन गर्दा बजारीकरणमा समस्या छ ।” उहाँले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुईचार जनालाई रोजगार दिन सक्ने दाबी गर्नुभयो ।
उनको उद्योगको अचार गल्याङ, वालिङ, पाल्पा बुटवललगायतका स्थानमा थोक तथा खुद्रा बिक्री हुने गरेको छ । उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, अकबरे खुर्सानी, डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुलालगायतका अचार उत्पादन हुने गरेका छन् । यहाँ उत्पादितमध्ये लप्सी, लसुन, अकबरे खुर्सानी र कटहरको अचार अत्यधिक लोकप्रिय छन् ।
“घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाबाट सिल्लर मेसिन पाएपछि अचार सुरक्षित गर्न सजिलो भएको छ”, मायाले भनिन्, “ड्राइ मेसिनका लागि विभिन्न ठाउँमा निवेदन दिए तर पनि पाउँन सकेकी छैन, ड्राइ मेसिनको अभावमा बर्खामा अचार सुकाउन समस्या भएको छ ।”
पाठकको श्रीमान् खेमानन्द रोजगारको सिलसिलामा भारतमा छन् भने एक छोरा सुरज वैदेशिक रोजगारमा गएका छन् । उनलाई बुुहारी आरती र छोरी पूजाले अचार बनाउने काममा दैनिक साथ दिँदै आएकी छिन्। गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सीपमूलक तालिम सिकेर आत्मर्निभर बनेका महिलालाई नगरपालिकाले प्रोत्साहानका योजना ल्याएको बताउनुुभयो ।
“नगरपालिकाले नयाँ आर्थिक वर्षमा धेरैभन्दा धेरै स्वरोजगार उत्पादन गर्ने लक्ष्य राखेको छ”, उनले भनिन्, “परम्परागत पेसा, अस्तकला, महिलाको सीपलाई विशेष प्राथमिकताका साथ नगर अगाडि बढ्ने योजनामा छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: