Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

युक्रेनलाई क्लस्टर बम दिने अमेरिकी निर्णयप्रति सहयोगी राष्ट्रकै असन्तुष्टिबीच बाइडन यूकेमा

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने उनको निर्णयमाथि अधिकांश सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडन ब्रिटेन पुगेका छन्।

यसै साता लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुनुअघि उनी यूके अवतरण गरेका हुन्। क्लस्टर बम आपूर्तिबारे चिन्ता व्यक्त गर्नेमा ब्रिटेन र क्यानडा पनि हुन्।

क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ। युक्रेनको हतियारको भण्डार घट्दै गएकाले उनीहरूलाई त्यस्ता बम आवश्यक रहेको अमेरिकाको भनाइ छ।

शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति बाइडन आइतवार साँझ यूके पुगेका हुन्।

आज सोमबार बाइडनले आफ्ना ब्रिटिश समकक्षी ऋषि सुनकलाई भेटेर युक्रेन युद्धलगायत विभिन्न विषयमा छलफल गर्नेछन्।

सुनकले शुक्रवारको क्लस्टर बमसम्बन्धी घोषणापछि आफ्ना अमेरिकी समकक्षीको प्रत्यक्ष रूपमा आलोचना गरेनन् तर शनिवार उनले त्यस्तो अस्त्र उत्पादन वा प्रयोगमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरेका १२३ देशहरूमध्ये ब्रिटेन पनि एक भएको बताएका थिए।

यद्यपि अन्य अमेरिकी सहयोगी देशहरूले अझ अगाडि बढेर त्यसप्रति असहमति व्यक्त गरेका छन्। नेटोको साझेदार राष्ट्र न्यूजिल्यान्डले आइतवार उक्त अस्त्रले "निर्दोष मानिसलाई ठूलो क्षति पुर्‍याउन सक्छ" भनेको थियो।

क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई "डड्स" भनिन्छ। विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ।

अमेरिकाले युक्रेनी सेनाले रुस वा सहरी क्षेत्रमा त्यस्ता अस्त्र प्रयोग नगर्ने किएभबाट लिखित आश्वासन प्राप्त भएको बताएको छ। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए।

यूकेमा रहँदा बाइडनले राज्याभिषेकपछि राजा चार्ल्सलाई पहिलो पटक भेट्नेछन्। एकतीस पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको मङ्गलवार र बुधवार लिथुआनियामा बैठक हुनेछ। अस्त्र भण्डार बढाउने र रक्षा योजनाबारे उक्त बैठकमा समीक्षा हुने बताइएको छ।

एप्रिलमा नेटोमा सामेल भएको फिनल्यान्डले पहिलो पटक शिखर सम्मेलनमा भाग लिनेछ। तर स्वीडेनको नेटोमा सामेल हुने योजनालाई टर्कीले रोकेको छ। टर्कीले स्वीडेनमाथि आतङ्कवादीहरूलाई शरण दिएको आरोप लगाउँदै आएको छ।

उक्त मामिलामा टर्कीसँगको सम्झौतामा मद्दत गर्न सुनकसँग समर्थन खोज्ने अपेक्षा गरिएको छ। युक्रेनले पनि नेटोमा सामेल हुने महत्त्वाकाङ्क्षा राखेको छ। तर आफ्नो युरोप यात्राअघि सीएनएनसँग कुरा गर्दै बाइडनले नेटोको लामो समयदेखिको नीति अनुसार युद्ध समाप्त नभएसम्म त्यो हुन नसक्ने बताए।

नेटोको पारस्परिक रक्षा सम्झौतालाई उद्धृत गर्दै उनले सदस्यहरूले एक अर्काको क्षेत्रको "प्रत्येक इन्च"को रक्षा गर्न प्रतिबद्ध रहेको बताए। उनले भने, “त्यसको अर्थ ‘यदि युद्ध भइरहेको छ भने’ हामी सबै युद्धमा हुनेछौँ।"

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि उक्त कुरालाई स्वीकार गरिसकेका छन्। उनी यसै साता हुने शिखर सम्मेलनमा भने सहभागी हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE