Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युक्रेनलाई क्लस्टर बम दिने अमेरिकी निर्णयप्रति सहयोगी राष्ट्रकै असन्तुष्टिबीच बाइडन यूकेमा

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने उनको निर्णयमाथि अधिकांश सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडन ब्रिटेन पुगेका छन्।

यसै साता लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुनुअघि उनी यूके अवतरण गरेका हुन्। क्लस्टर बम आपूर्तिबारे चिन्ता व्यक्त गर्नेमा ब्रिटेन र क्यानडा पनि हुन्।

क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ। युक्रेनको हतियारको भण्डार घट्दै गएकाले उनीहरूलाई त्यस्ता बम आवश्यक रहेको अमेरिकाको भनाइ छ।

शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति बाइडन आइतवार साँझ यूके पुगेका हुन्।

आज सोमबार बाइडनले आफ्ना ब्रिटिश समकक्षी ऋषि सुनकलाई भेटेर युक्रेन युद्धलगायत विभिन्न विषयमा छलफल गर्नेछन्।

सुनकले शुक्रवारको क्लस्टर बमसम्बन्धी घोषणापछि आफ्ना अमेरिकी समकक्षीको प्रत्यक्ष रूपमा आलोचना गरेनन् तर शनिवार उनले त्यस्तो अस्त्र उत्पादन वा प्रयोगमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरेका १२३ देशहरूमध्ये ब्रिटेन पनि एक भएको बताएका थिए।

यद्यपि अन्य अमेरिकी सहयोगी देशहरूले अझ अगाडि बढेर त्यसप्रति असहमति व्यक्त गरेका छन्। नेटोको साझेदार राष्ट्र न्यूजिल्यान्डले आइतवार उक्त अस्त्रले "निर्दोष मानिसलाई ठूलो क्षति पुर्‍याउन सक्छ" भनेको थियो।

क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई "डड्स" भनिन्छ। विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ।

अमेरिकाले युक्रेनी सेनाले रुस वा सहरी क्षेत्रमा त्यस्ता अस्त्र प्रयोग नगर्ने किएभबाट लिखित आश्वासन प्राप्त भएको बताएको छ। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए।

यूकेमा रहँदा बाइडनले राज्याभिषेकपछि राजा चार्ल्सलाई पहिलो पटक भेट्नेछन्। एकतीस पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको मङ्गलवार र बुधवार लिथुआनियामा बैठक हुनेछ। अस्त्र भण्डार बढाउने र रक्षा योजनाबारे उक्त बैठकमा समीक्षा हुने बताइएको छ।

एप्रिलमा नेटोमा सामेल भएको फिनल्यान्डले पहिलो पटक शिखर सम्मेलनमा भाग लिनेछ। तर स्वीडेनको नेटोमा सामेल हुने योजनालाई टर्कीले रोकेको छ। टर्कीले स्वीडेनमाथि आतङ्कवादीहरूलाई शरण दिएको आरोप लगाउँदै आएको छ।

उक्त मामिलामा टर्कीसँगको सम्झौतामा मद्दत गर्न सुनकसँग समर्थन खोज्ने अपेक्षा गरिएको छ। युक्रेनले पनि नेटोमा सामेल हुने महत्त्वाकाङ्क्षा राखेको छ। तर आफ्नो युरोप यात्राअघि सीएनएनसँग कुरा गर्दै बाइडनले नेटोको लामो समयदेखिको नीति अनुसार युद्ध समाप्त नभएसम्म त्यो हुन नसक्ने बताए।

नेटोको पारस्परिक रक्षा सम्झौतालाई उद्धृत गर्दै उनले सदस्यहरूले एक अर्काको क्षेत्रको "प्रत्येक इन्च"को रक्षा गर्न प्रतिबद्ध रहेको बताए। उनले भने, “त्यसको अर्थ ‘यदि युद्ध भइरहेको छ भने’ हामी सबै युद्धमा हुनेछौँ।"

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि उक्त कुरालाई स्वीकार गरिसकेका छन्। उनी यसै साता हुने शिखर सम्मेलनमा भने सहभागी हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending