Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

धान रोप्नुपर्ने बेलामा पानी नपरेपछि खडेरीको चिन्तामा किसान

खबरडबली संवाददाता

महोत्तरी । असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही ९बीउ० रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् ।

“अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय” ९यसपाली मुखमा माड लाग्ने केही उपाय देखिन्न० लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भने, “धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै रु” ९धानको गबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला रु० । असार मास ९महिना० मा चैतरवैशाखको जस्तो हुरहुरे बतासले धुलो उडाउनु खडेरी ९अनिकाल० को कूलक्षण भएको थारुको चिन्ता छ । उनीजस्तै यहाँका आम किसान अहिले मुख्यबाली भनिने धान लगाउन नपाएपछि चिन्तामा छन् । 

“अखाढ अन्तिम भगेल, ऐखनधैर रोप हरियाके चाही, मुदा अईबेर पाइनक अभावमे रोपनीए नई भसकल” ९असार सकिनै लाग्यो, यतिखेर धानको रोपो हरियो भएर लहलहाउनु पर्ने हो, तर यसपालि पानी नभएर रोपाइँनै गर्न सकिएन० स्थानीय ७० वर्षीय रघुवर महराले पीडा पोखे । झमझम असारे झरिमा रुझ्दै धान रोप्नु, गोड्नुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएको उनको भनाइ थियो । 

“अहिले त पहिलो रोपो लहलहाएर हरियो देखिनुपथ्र्यो । यतिबेलासम्म हामीले त धानको गब नै हाल्न पाएका छैनौँ”, भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान हरिदेव साहले भने, “मुख्यबाली धान नै लाउन नपाएपछि घरपरिवाररलालाबालाको प्रतिपाल खै कसरी गर्नेहोला रु” गत मङ्लबार रातिदेखि परेको पानीले अब झरी पर्ला भन्ने आशा जगाए पनि पानी पर्न नसकेर चिन्ता थपिएको उनको भनाइ थियो ।

“ढिलै भए पनि झरी लाग्लाजस्तो लागेको थियो, मङ्गलबारदेखि परेको पानी बुधबार मध्यान्हपूर्व हटेर टन्टलापुर घाम लाग्यो”, मटिहानी–३ का किसान इलियास राइनले भने, “अब धान रोप्न पाइने आश छाडे हुनेभयो ।” असार सकिनै लाग्दासम्म बीउ रोप लाउन नसकिएको धानबाट उत्पाद पनि राम्रो नहुने उनले बताए ।

यता हिउँदे धानखेतीमा जेठ मध्यअघि ब्याड राख्ने, असार मध्यअघि शाही ९बीउ० रोप सक्ने र साउन मध्यअघि खरुअन ९कलम,बीउ रोपको धान गाँजिएपछि उखेलेर रोपिने० तालिका छ । यसपाली पानीको अभावका कारण किसानले राम्ररी ब्याड राख्न नपाएको बताउँछन् । धानको हिले ब्याड राम्रो मानिए पनि पानी नभएपछि घर नजिक घुर्‍यानमा थोरथार राखिएको धुले बीउ पनि पानी बेगर पहेंलिएर धेरैजसो सुकेको किसानको दु:खेसो छ । 

“अब त पानी परेपनि त्यो बीउ रोप्नेरनरोप्ने विचार गर्नपर्ने भएको छ । बीउमा हाँगा फाटिसकेकाले त्यति छिप्पिएको बीउ रोपेर के फल आउँला रु” बलवा नगरपालिका–११ भलनीका जगत यादवले भने । 

“वर्र्षाकाल ९याम० भनिने असारमा दिनभरि प्रचण्ड घाम र रातभरि आकासमा झलमल्ल तारा देखिन्छन्”, जलेश्वर नगरपालिका–६ का ८५ वर्षीय महेश्वर रायले भने, “अहिलेको दिन लक्षणले त असारको भनक नै दिदैन ।” महाकवि कालिदासले आफ्नो कालजयी कृति मेघदूतम्मा असार सङ्क्रान्तिका दिन नै आकाशमा पानी ल्याउने मेघ ९बादल० देखिने चर्चा गर्नुभएको साहित्यमा रुचि राख्ने रायले स्मरण गरे । 

“महाकवि कालिदासले ऋतु लक्षणका आधारमा असार लाग्नासाथै मेघ मडारिने र वर्षा सुरु हुने सन्दर्भ आफ्नो कृति मेघदूतम्मा जोड्नु भएको छ”, रायले भने, “अब ती ऋतु विचार सान्दर्भिक देखिन, बुझिन छाडे ।” नेपाल सरकारको सहसचिवबाट अवकास लिएका रायले अवकास पछिको जीवनलाई खेतीसँग जोड्ने योजना बनाए पनि मौसमले साथ नदिएको बताए । प्राकृतिक सम्पदा, वनजङ्गल, पाखापहरा, नदी, खोल्साखोल्सी र नदी उकास क्षेत्रमाथि अनियन्त्रित खेलवाडले पुराना ऋतु लक्षणका मान्यता खण्डित हुँदै गएका उनको भनाइ थियो ।

यसपाली गत हिउँददेखि नै खडेरीको लक्षण देखिएको पाका किसान बताउँछन् । हिउँदभरि पानी नपरेर बितेपछि पानीका स्रोतका मूहान (नदी, खोल्साखोल्सी, इनार, बोरिङ, चापाकल, जरुवा) चैतदेखि सुक्दै गएका स्थानीय बताउँछन् । पानी अभावका कारण खेतीमा मात्र नभई पिउन पनि धेरै ठाउँमा खानेपानीको हाहाकार परेको थियो । 

सिँचाइको प्रबन्ध नहुनु, समयमा बीउ, मल नपाउनु र खेतीपातीका लागि सुलभ ऋण नपाउनुलगायत समस्या किसानले झेल्दै आएका बर्दिबास–९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापा मगरले बताए । “तीन तहका सरकार भए पनि किसानका हितमा उल्लेखनीय कुनै काम हुन सकेको छैन । सरकारले बर्सेनि बजेटमार्फत किसानका सहुलियतका लागि घोषणा गरेका कार्यान्वयको पक्ष फितलो छ”, उनले भने ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये ५० हजार हेक्टरको सेरोफेरो धान खेतीका लागि उपयुक्त मानिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशत मात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ । यसबाहेक सबै जग्गा आकासे पानीको भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन् ।

“उ।।ल हेर्नुहोस्, हाम्रो ठाउँ त सिञ्चित भनिएको छ नि !”, बर्दिबास नगरपालिकाका ७० वर्षिय किसान नरबहादुर पुलामीले भने, “प्रचण्ड घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो रु” पानीको मूहान सुकेर कुलो चल्न छाडेपछि कमिलाका ताँती हिँडेका उनले देखाए ।

असार सकिनै लाग्दासम्म धान रोपाइँ पाँचरछ हजार हेक्टरमात्र रोपाइँ भएको केन्द्रले जनाएको छ । रोपिएको धानको रोपो पनि पछि पानी नपुग्दा पहेँलिँदै गएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताए । उनले सिञ्चित जग्गामा पनि घामका कारण पानीका स्रोत सुकेकाले धान रोपाइँ पछि परेको बताए । 

चुरे पर्वत् श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, गणन्ता, ओक्सी, बिग्ही, खयरमारा, टुटेश्वर र बाँकेलगायत नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन् । जिल्लाको पूर्व–पश्चिम चौडाइभित्र प्रत्येक दुई किलोमीटरभित्र नदी परे पनि किसानको खेतमा पानी पुर्‍याउन नसकिएकामा यहाँका किसान कटाक्ष गर्छन् । 

जिल्लाभित्रका नदीबाट खेतबारीमा पानी पुर्‍याउने सपना कुनै तहका सरकारले आपूmहरुलाई देखाउन नसकेका भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारको गुनासो छ । जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले लगाउन नपाएपछि यसपाली अन्नको सङ्कट बढ्ने उनले बताए ।

कृषि ज्ञान केन्द्र महोत्तरीका कृषि विज्ञले अझै पनि पानी परे नयाँ बीउ राखेर १५ दिनभित्र रोपाइँ गर्न सकिने बताएका छन् । पानी नपरे कम पानीमा गर्न सकिने धान बाली लगाउने तयारी गर्नुपर्ने विज्ञको सुझाव छ ।  हिँउदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी गर्नुपर्ने भन्दै  अन्य हिउँदे तरकारी बाली लगाए जाडो मौसम लागेपछि सिँचाइको अभावका कारण बाली डढ्ने स्थिति नरहने वरिष्ठ कृषि विकास अधिकृत डा यादवले बताए ।

सर्वसाधारण किसानले भने आफ्ना जनप्रतिनिधिलाई सिँचाइका लागी पानीको व्यवस्थाका लागि विकल्पको खोजी गर्न आग्रह गरेका छन् । “सबै कुराको मुख्य जरो हाम्रा लागि खेती नै हो भन्ने कुरा हाम्रा जनप्रतिनिधिले बुझी दिन पर्‍यो”, गौशाला नगरपालिकाको बटौवाका किसान लक्ष्मी महतोले भने, “खेतीका लागि सिँचाइ पहिलो प्राथमिकतामा पर्छ, यसको विभिन्न विकल्पबारे तीनै तहका सरकारले खोजी गर्नुपर्‍यो ।”

“पछिल्ला छ वर्षयता स्थानीय तहमा जनताका प्रतिनिधि आएका छन् । जनताका मर्का र समस्या तत्कालै बुझ्न, हेर्न सक्ने स्थानीय तहले पहलकदमी लिई दिनुपर्‍यो”, बर्दिबास–९ पशुपतिनगरका किसान नथुनी महतोले बताए । जिल्लाका १५ स्थानीय तहले कृषि लक्षित विभिन्न योजना घोषणा गरे पनि सिँचाइको उचित प्रबन्ध हुन नसक्दासम्म सबै योजनाहरु प्रभावकारी बन्न नसक्ने उनको भनाइ छ । 

स्थानीय तहले फलपूmलका बिरुवा बाँड्ने, नमुना बीउबिजन  दिने र पशुपालक किसानलाई घाँसका बीउरबिरुवा दिने गरे पनि दीर्घकालिन समस्या समाधानका लागि पहल नभएको भङगाहा–४ का किसान सत्यनारायण यादवले बताए । उनले स्थानीय तहले किसानलाई आत्मनिर्भर बनाउन कृषि अभियान सञ्चालन गरी किसानलाई पनि उक्त अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

यसपाली असार सकिनै लाग्दासम्म राम्ररी पानी नपरेर धान बाली लगाउन नपाएपछि किसानले आफ्नो ठाउँलाई ‘सुख्खा खडेरीग्रस्त क्षेत्र’ घोषणा गरेर कृषिका अन्य अनुकूल योजना अघि बढाउन स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गरेका छन् ।

“खडेरीग्रस्त क्षेत्र घोषणा गरेपछि यहाँका किसानलाई तत्काल राहत प्याकेज दिनुपर्‍यो । किसानका ब्याज मिनाहा गर्न, अब गर्नसकिने खेतीबारे प्राविधिक परामर्श र अनुदानमा रकम दिई कृषिमा लाग्न प्ररित गर्नुपर्छ”, अखिल नेपाल किसान महासङ्घ महोत्तरीका संयोजक पर्शुराम ठाकुरले भने । उनले केन्द्रीय सरकारसम्म किसानका माग पुर्‍याउन स्थानीय तह तथा जनप्रतिनिधिलाई आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीको मूल्यमा बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending