Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

असुरक्षित बन्दै नेपाली आकाश, ४३ वर्षमा भए ४० हेलिकोप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर साेलुखुम्बुकाे लम्जुरा क्षेत्रमा दुर्घटना

मनोज भट्टराई

काठमाडौं । पछिल्लो समय नेपाली आकाशमा दुर्घटना बढ्दो रहेको छ । एक वर्षका अन्तरालमा नेपाली आकाशमा एकसय भन्दा बढीले ज्यान गुमाएका छन् भने तीनवटा दुर्घटना भएका छन्  ।

२०७९ जेठ १५ गते तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा  १९ जना यात्रु र चालकदलका ३ सदस्य गरी २२ जनाको ज्यान गएको थियो भने गत माघ १ गते आइतवार काठमाडौबाट पोखरा जाँदै गरेको यति एअरको विमान दुर्घटनामा परेर विमानमा सवार ७२ जनाको निधन भएको थियो  । मानवीय क्षतिका हिसाबले नेपाली आकाशमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटनाका रुपमा रहेको छ । 

मनाङ एयरको हेलिकप्टर  साेलुखुम्बुकाे लम्जुरा क्षेत्रमा दुर्घटना

यसैगरी नेपाली आकाशमा आज सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर साेलुखुम्बुकाे लम्जुरा क्षेत्रमा दुर्घटना भएको बताइएकाे छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको साे हेलिकप्टरमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । 

काे-काे थिए यात्रु ?

मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए ।

काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद

सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टर २० मिनेट पछी सम्मापर्क विहीन भएकाे हाे । 

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको बताइएको छ ।  हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए ।

४३ वर्षमा ४० हेलिकोप्टर दुर्घटना

नेपाली आकाशमा मानवीय क्षति हुने गरी अहिलेसम्म १९ हेलिकोप्टर दुर्घटना भएका छन् । योसँगै नेपालमा हवाई दुर्घटनाको संख्या १ सय ५ पुगेको छ । नेपाली आकाशमा भएका हेलीकप्टर दुर्घटनामा तत्कालीन राज्यमन्त्री गोपाल राई, पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत अति विशिष्ट व्यक्तिहरुले पनि ज्यान गुमाएका छन् ।

१९ हेलीकप्टर दुर्घटनामा हाल सम्म ९४ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका छन् । त्यसबाहेकका २१ दुर्घटनामा भने पाइलट तथा यात्रु सामान्य घाइते भएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांकअनुसार मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा लामटाङमा भएको थियो । अति विशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

मानवीय क्षति हुने गरी दोस्रो दुर्घटना ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा भयो । कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए ।

यस्तै, तीनजनाको ज्यान जाने गरी एसियन एयरलाइन्सको हेलिकोप्टर १९९८ अक्टोबर २४ मा मूलखर्कमा दुर्घटना भएको थियो । बाँकी ३० हेलिकोप्टर दुर्घटना सन् २००० यता भएको क्यानले एभिएसन सेफ्टी रिपोर्ट– २०२२ मा उल्लेख गरेको छ ।

२००१ नोभेम्बर १२ मा फिस्टेल एयरको हेलिकोप्टर रारातालमा खस्दा चारजनाको मृत्यु भएको थियो । रारामा खसेको हेलिकोप्टर अझै भेटिएको छैन । अत्यन्तै रहस्यमय मानिएको सो दुर्घटनामा पूर्वअधिराजकुमारी प्रेक्षा शाहको पनि निधन भएको थियो । 

त्यस्तै,  २००२ सेप्टेम्बर ३०  मा ११ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो ।  क्यानको तथ्यांक अनुसार २००३ मे २८ मा सिम्रिक एयरको हेलिकोप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो ।

यसैगरी २००५ जनवरी ५ मा एयर डाइनेस्टीको हेलिकोप्टर रामेछापमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको थियो । यी दुई दुर्घटनाको बीचमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा पनि दुईजनाको ज्यान गएको छ । तर, क्यानसँग कुन मितिमा र कुन ठाउँमा दुर्घटना भएको हो भन्ने एकिन विवरण नै रहेको छैन । 

त्यस्तै, २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा अहिलेसम्मकै धेरै २४ जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा तत्कालीन राज्य मन्त्री गोपाल राई लगायत २४ सम्रक्षणविद्हरुको ज्यान गएको थियो ।

२०१० नोभेम्बर ७ मा फिस्टेल हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटना हुँदा दुईजनाको ज्यन गएको थियो । २०१३ जुन १९ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा फिस्टेलकै हेलिकोप्टर दुर्घटना हुँदा एक–एकजनाको मृत्यु भएको थियो । २०१५ मे मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।

यसैगरी २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा चारजना,  २०१६ अगस्ट ८ मा फिस्टेलको हेलिकोप्टर नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा सातजनाको ज्यान गएको थियो ।

यसैगरी २०१८ अगस्ट १४ मा मनाङ एयरको हेलिकोप्टर हुम्लाको हिल्सामा दुर्घटना हुँदा एकजना र २०१८ सेप्टेम्बर ८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको क्यानको तथ्यांक छ ।

त्यस्तै, २०१९ फेबु्रअरी २७ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नियामक निकाय क्यानका तत्कालीन उपमहानिर्देशक एवं प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, एयरलाइन्स कम्पनीकै ९यती र तारा० मालिक आङछिरिङ शेर्पासहितको निधन भएको थियो ।

पछिल्लोपटक  गत बैशाखमा अर्थात् २०२३ मे ५ मा सिम्रिक एयरको कलसाइन नाइनएन–एजेजेड हेलिकोप्टर संखुवासभाको भोटखोला गाउँपालिका– ४ सिप्रुङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यो दुर्घटनामा तीनजना घाइते भएका थिए । 

विसं २००६ सालदेखि हवाई उडान सुरु भएको नेपालमा अहिलेसम्म १ सय ४ वटा विमान दुर्घटना भएका छन् । नेपाली आकाशमा भएका यी दुर्घटनाका कारण कतिपयले नेपाली आकाश असुरक्षित महसुस गर्न थालेका छन् । नेपाली आकाशमा हाल सम्म भएका दुर्घटनामा आठ सय बढीले ज्यान गुमाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending