काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ। झण्डै एक वर्षदेखि बस्न नसकेको बैठक आजबाट पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ।
बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैली, मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका बालकृष्ण खाणलाई कारबाही गर्नेबारे छलफल हुने भएको छ। यद्यपी, खाणलाई निलम्बनको प्रस्ताव नल्याउने सहमति भएको जनाइएको छ।
बैठकले नीति अधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ। नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा अहिलेसम्म गर्न सकेको छैन।
चुनावका बेला गठबन्धन गर्ने या नगर्ने भन्ने तीव्र विवादकै बीच सभापति देउवाको अडानका कारण पाँच दलीय गठबन्धन बनेको थियो। तर निर्वाचन परिणामपछि कांग्रेसमा यसबारे छलफल भएको छैन।
अहिले कांग्रेससमेत सहभागी सरकारले गरेका काम कारबाहीका बारेमा पनि केन्द्रीय समितिमा छलफल भएको छैन। आज सुरु हुने बैठकमा सबै विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।
कांग्रेसमा नेतृत्वप्रतिको असन्तुष्टि पनि बढ्दो छ। कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै नीति अधिवेशन गर्ने भनेको थियो। तर अझै यसको मिति घोषणा भएको छैन।
अबको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको मिति नै तोक्ने गरी तयारी गरेका छन्। नीति अधिवेशन नभए महासमिति बैठक बोलाउनुपर्ने दबाब महामन्त्रीहरुले दिइसकेका छन्।
बैठकमा महामन्त्रीद्वयले नेतृत्व परिवर्तनकोे मुद्दा उठाउने तयारी गरिरहेका छन्। तर, महामन्त्री थापाले सभापति देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदा इतर पक्षकै साथ छैन। पछिल्लो सयम इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला मौन छन्। जसकारणले शेखर-गगनबीच दूरी बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: