सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई नेपाली र एक भारतीय मजदुरको मृत्यु भएको हो ।
सर्लाहीको गोडैता नगरपालिका–७, रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारत लखेमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । सर्लाही इँटा व्यवसायी सङ्घका अध्यक्ष जगर्नाथ रायले सर्लाहीमा पहिलो पटक यस प्रकारको दु:खद घटना भएको बताए। व्यवसायी वीरेन्द्र चौधरीले हरिपुर नगरपालिका–५, मजुर्वामा सञ्चालन गरेको कृष्ण इँटा उद्योगमा मजदुरको मृत्यु भएको हो । कौडेना गाउँपालिका निवासी चौधरीले मजुर्वामा लामो समयदेखि इँटा उद्योग सञ्चालन गर्दै आएको थिए।
यो वर्ष बारम्बारको बेमौसमी वर्षाले क्षति बेहोरिरहेका सर्लाहीका इँटा उद्योगीले पुन: अर्को ठुलो क्षति बेहोर्नु परेको छ । यो वर्ष अनेपक्षित रूपमा बेमौसमी वर्षा भएर काँचो इँटा नष्ट गर्दा करोडौँ क्षति बेहोरिरहेका व्यवसायीलाई यो घटनापछि झनै निराश बनाएको रायले बताए। घटनास्थलको प्रकृति हेर्दा चर्को घाम लाग्ने र बेलाबेलामा पानी पर्ने भइरहेकाले इँटा भट्टाभित्र अचानक ग्यास बनेर विस्फोट हुँदा थुपारिएको इँटाको चाङ लडेको इँटा व्यवसायी सङ्घका अध्यक्ष रायको भनाइ छ ।
उनले मृतकको परिवारलाई नियम अनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उनले भने, “मृतक मजदुरको परिवारलाई राज्यको नियम अनुसार क्षतिपूर्ति दिन र पीडित व्यवसायीलाई भरथेक गर्न समन्वय गरिरहेका छौँ ।”
पोलेको इँटा धमाधम बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेको समय मजदुर भाग्न नपाएको हुन सक्ने अध्यक्ष रायको भनाइ छ । प्रहरी र इँटा व्यवसायी सङ्घले मृतकको शव परिवारलाई बुझाउन समन्वय गरिरहेका छन् । इँटा उद्योगी चौधरी भने घटनापछि सम्पर्कमा आएको छैन ।
इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव कटेलले इँटा व्यवसायी सङ्घमार्फत नै आफूहरूले पनि मृतकको परिवारसँग समन्वय गरिरहेको जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका दुई जनामध्ये एक जनाको जनकपुरमा उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन् । तीन मजदुरको मृत्यु भएपछि उद्योगपरिसरमा सन्नाटा छाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: